प्रिय् ! कर्णाली !!!

प्रिय् ! कर्णाली !!!

प्रिय् ! कर्णाली
सेताम्य बादलु भित्रको
तिम्रो पहिरन
एकनास हेरीरहुँ जस्तो लाग्छ ।
रारा भित्रको सारा
गाजलु आँखा वरिपरि
हरिया डाडाँ पाखाहरुमा
देखिएको प्रचण्ड सौन्दर्यता
आकर्षणले भरिपूर्ण छ ।
प्रिय ! कर्णाली
बादलुको सेताम्यमा
पारदर्शी गाथाको रंगीचंगी
फुसफुस जिवन्त पदचापमा
निष्ठाको प्रकृतिमा
सबैको प्राण वायु
इन्द्रेणी बनिरहेकी छौं ।
तिमीलाई ग्रेटर नेपालको
स्मृतिमा स्मरण गरेर
सुदुर युगान्तको
प्राकृतिक मालामा उनेर
पदचापका डोबहरु
गाँसिरहनुछ,
तिम्रो जादुमय कालीगडी
तस्वीर झै झलझली
प्रिय् ! कर्णाली
– मुकुन्द प्रसाद शर्मा रुकुम (पश्चिम्)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार