७० बर्षिया बृद्धालाई बलात्कार गरेको आरोप लागेका खड्का कारागार चलान

७० बर्षिया बृद्धालाई बलात्कार गरेको आरोप लागेका खड्का कारागार चलान

मुसिकोट । रुकुम पश्चिममा ७० वर्षिया बृद्धालाई बलात्कार गरेको आरोप लागेका एक पुरुषलाई कारागार चलान गरिएको छ । सानीभेरी गाउँपालिकाकी ७० बर्षिया बृद्धालाई बलात्कार गरेको आरोप लागेका सानीभेरी गाउँपालिका १ भण्डारवनका ५४ वर्षिय बिरबहादुर खड्कालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार रुकुम जिल्ला अदालतको आदेश अनुसार खड्कालाई असार ७ गते पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

अदालतमा भएको थुनछेक आदेश पश्चात प्रतिवादी पुर्पक्षका लागि कारागार चलान गर्ने फैसला भएको थियो ।

गत बैशाख १३ गते घरमै रहेकी बृद्धालाई खड्काले बलात्कार गरेर फरार रहेका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा गत जेठ २२ गते पक्राउ गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार