रुकुम पश्चिममा ८७१ विरुवा रोपियो

राष्ट्रिय वृक्षारोपण दिवस

रुकुम पश्चिममा ८७१ विरुवा रोपियो

राष्ट्रिय वृक्षारोपण दिवस

मुसिकोट । राष्ट्रिय वृक्षारोपण दिवस २०८० को अवसरमा रुकुम पश्चिमका विभिन्न स्थानहरुमा वृक्षारोपण गरिएको छ । आज डिभिजन वन कार्यालय रुकुम पश्चिमले जिल्लाका आठ स्थानहरुमा ८७१ विरुवा रोपिएको कार्यालय प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुसिकोट नगरपालिका ५ को सेरीगाउँ देखि मुसिकोट नगरपालिका ३ को पिपलनेटा जाने सडक छेउमा ४७० विरुवा रोपिएको छ । मध्यपहाडि राजमार्ग अन्तर्गतको उक्त क्षेत्रमा कपुर, बेल, गोल्मोहर, कल्की, सिसौ, तेजपात, छतिवन प्रजातिका बिरुवा रोपिएको हो ।

त्रिभुवन जनता मावि खलंगामा २० वटा, त्रिवेणी गाउँपालिका १० गैरीखेतामा २० वटा, त्रिवेणी डाँडा मुरुडाँडाको विद्यालय परिसरमा २२० वटा र चौरजहारी नगरपालिका १० शहिद पार्कमा २५ वटा विरुवा रोपिएको छ ।

यस्तै चौरजहारी नगरपालिका ११ सर्किना टाटा बजारमा २५ वटा, बाँफिकोट गाउँपालिकाको छिनखेतस्थित विद्यालय परिसरमा ५० वटा र मुसिकोट नगरपालिका ७ स्थित रिनदह परिसरमा ४१ वटा विभिन्न प्रजातीका विरुवाहरु रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार