लघुुवित्त संस्था विरुद्धको संघर्ष समितिको चक्काजाम

लघुुवित्त संस्था विरुद्धको संघर्ष समितिको चक्काजाम

मुसिकोट । लघुवित्त संस्था विरुद्धको संघर्ष समितिले रुकुम पश्चिमको खंलगामा चक्काजाम गरेको छ ।

विभिन्न माग राख्दै आन्दोलनमा रहेको समितिले आज बिहान मुसीकोट– १ त्रिवेणीचोकमा चक्काजाम गरेको थियो । चक्काजाम पछि विभिन्न ठाउँमा जाने सवारी साधनहरु त्रिवेणी चोकमा रोकिएका थिए।

सघर्ष समिति रुकुम पश्चिमकी कर्मा केसीका अनुसार कर्णाली प्रदेशका १० जिल्लामा पूर्व निर्धारित कार्यक्रम अन्तरगत आज बिहान ९ वजे देखि १० वजे सम्म चक्काजाम गरिएको हो ।

समितिले विगत लामो समयदेखि लघु वित्त संस्थाहरुले नियम विपरित चर्को व्याज लिने गरेको, आफुहरुको माग पुरा नभएको लगाएतका माग राख्दै आन्दोलन गर्दै आएको छ  ।।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार