मुसिकोटमा आधारभूत पत्रकारिता तालिम सम्पन्न

मुसिकोटमा आधारभूत पत्रकारिता तालिम सम्पन्न

मुसिकोट । रुकुम पश्चिमको मुसिकोटमा सञ्चालित आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको आयोजना र त्रिवेणी गाउँपालिकाको सहयोगमा सञ्चालित ३ दिने आधारभूत तालिम आज सम्पन्न भएको हो ।

नयाँ पत्रकार उत्पादन गर्ने उदेश्यले असार १३ गतेबाट संचालन भएको तालिम आज सकिएको हो ।

तालिममा जिल्लाका ६ वटै स्थानीय तहबाट २५ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार तालिमका सहभागीहरुलाई आधारभूत पत्रकारिताका बारेमा सिकाइएको थियो ।

तालिममा जिल्लाका पत्रकारले सहजीकरण गरेका थिए । तालिममा समाचार लेखन, रेडियो, टेलिभिजन, अनलाइन पत्रकारिता, फोटो पत्रकारिता, पत्रकार आचारसंहिता र प्रविधिसम्बन्धी प्रशिक्षण प्रदान गरिएको महासंघका अध्यक्ष केसीले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघले आउँदा दिनमा पनि स्थानीय तहसंग सहकार्य गरेर पुनर्ताजकी तालिम संचालन गर्ने जनाएको छ । तालिमका सबै सहभागिहरुलाई प्रमाण–पत्र र यातायात खर्चको व्यवस्था गरिएको थियो । त्यस्तै महासंघले तालिम सञ्चालन गर्दा लागेको खर्च सार्वजनिक समेत गरेको छ ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै त्रिवेणी गाउँपालिकाका कार्यबाहक अध्यक्ष रणबहादुर पुनले त्रिवेणी गाउँपालिकाले गरेको लगानीको भरपुर उपयोग गर्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो । तालिममा सिकेका कुरा व्यवहार लागु गरी पत्रकारिता क्षेत्रमा स्थापित उहाँले प्रशिक्षार्थीलाई शुभकामना समेत दिनुभयो ।

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाका अध्यक्ष केसीको अध्यक्षतामा भएको समापन कार्यक्रममा त्रिवेणी गाउँपालिकाका कार्यबाहक अध्यक्ष पुनको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र खत्री, पत्रकारका पेशागत संघ संगठनका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार