कोरोना कवि

उजेली न्यूज
प्रकाशित मिति :

कोरोना कवि

उपेन्द्रलाल कामी

जन्मियो कोरोनासंगै पोषण पायो लकडाउनको
हुर्कायो महासंकटले शिक्षा दियो स्वाभिमानको
साहित्य र सिर्जनामा हुन्थ्यो संधै ऊ अजनवी
समयले आज उसलाई बनाइदियो कोरोना कवि

अचेल उसका रचनाहरू अनलाईनमा छापिन्छन् रे
सयौं जनाले शेयर गर्दा लाखौं लाखले पढिन्छन् रे
फ्यान उसका हजारौं छन् बनाएको छ राम्रो छवि
परिस्थिति र सन्दर्भले बनाइदियो कोरोना कवि

हरेक पात्र, प्रवृत्ति र घटनाहरुलाई सवाल संग
कलात्मक विश्लेषण गर्ने उसको आफ्नै नयाँ ढंग
बिषयगत अध्ययन गर्न रुचि राख्ने ऊ अनुभवी
सामाजिक परिवेशले नै बनाइदियो कोरोना कवि

प्रसंसाको ओइरो लाग्ने क्या दामी छन् रचना भनि
देख्दैनन् कोहि आधा पेट खाइ तड्पिएर बाँचेपनि
अरुका पिडा लेख्दै गर्दा आफ्नै बेथा भो बेमतलवी
स्वाभिमानले बस्न नदिइ बनाइदियो कोरोना कवि

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार