पुनः ठेक्काको म्याद थपियो

पुनः ठेक्काको म्याद थपियो

सरकारले विभिन्न आयोजनाका ठेक्काहरूमा म्याद थप गर्ने बाटो खुलाएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बिहीबार९आज० राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले आगामी असारमा म्याद सकिन लागेका आयोजनाका ठेकेदारलाई थप काम गर्न मौका दिन सकिने गरी कानुनी बाटो खुला गरेको हो ।

यो निर्णयसँगै करिब ३ हजार बढी आयोजनाहरूको म्याद थपिन सक्नेछ । यद्यपि आधार र कारण मनासिव नभएको खरिद सम्झौता सम्बन्धित पदाधिकारीले अन्त्य गरी कारबाहीसमेत गर्न सकिनेछ । गत २० असार २०७९ मा भएको सार्वजनिक खरिद नियमावलीको १२ औँ संशोधनले एक वर्षसम्म रुग्ण ठेक्काको म्याद थपेको थियो । थपिएको समयभित्र पनि काम नभएपछि निर्माण व्यवसायीहरू म्याद थपका लागि वकालत गरिरहेका थिए । सरकारले विगत ४ वर्षदेखि अनेकन रूपमा बाधा फुकाउँदै आइरहेको छ । जसले गर्दा आयोजनाहरूको समयमै निर्माण त हुन सकेका छैनन् नै, सम्पन्न हुने निश्चितसमेत छैन । यसैगरी अन्तिम समयमा आएर म्याद थप्दै जाने हो भने सायदै सम्पन्न हुने आश गर्न सकिएला ।

यो वर्ष पनि सार्वजनिक खरिद नियमावली बमोजिम म्याद थप भएर चालु रहेका वा म्याद सकिएका तर खरिद सम्झौता बमोजिमको काम चालु रहेका खरिद सम्झौतामा डिजाइन परिमार्जन भएको, बजेट अपुग भएको, निर्माण स्थलको उपलब्धता हुन नसकेको, समयमा भुक्तानी हुन नसकेको, निर्माण सामग्रीको अभाव भएको वा निर्माण स्थलमा प्राकृतिक विपत्ति परेको लगायतको कारणबाट तोकिएको अवधिभित्र सम्पन्न हुन नसकेका वा काम सम्पन्न हुन सक्ने अवस्था नदेखिएका खरिद सम्झौताहरूको हकमा म्याद थप गर्ने कानुनी व्यवस्था नभई आयोजना सम्पन्न गर्न बाधा अड्काउ परेको भन्दै सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार