नेपाली सेनाको चण्डिदल गणलाई नबिल बैंक मुसिकोटद्वारा पानी शुद्धिकरण यन्त्र हस्तान्तरण

नेपाली सेनाको चण्डिदल गणलाई नबिल बैंक मुसिकोटद्वारा पानी शुद्धिकरण यन्त्र हस्तान्तरण

मुसिकोट । नबिल बैंक लिमिटेड मुसिकोट शाखाले नेपाली सेनाको श्री चण्डिदल गणमा पानी शुद्धिकरण यन्त्र उपलब्ध गराएको छ । शुक्रबार नेपाली सेनाको चण्डिदल गणलाई बैंकले पानी शुद्धिकरण यन्त्र उपलब्ध गराएको हो ।

सल्लेमा रहेको सेनाको उक्त गणमा एक कार्यक्रम आयोजना गरेर पानी शुद्धिकरण यन्त्र उपलब्ध गराईएको हो । बैंकले प्रतिघण्टा एक सय लिटर क्षमताको पानी शुद्धिकरण गर्ने यन्त्र उपलब्ध गराएको हो ।

बैंकका मुसिकोट शाखा प्रमुख मिन राज अधिकारीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सेनालाई उक्त यन्त्र हस्तान्तरण गरिएको बताउनुभयो ।

सामाग्री बुझ्नुहुँदै निमित्त गणपति गोपाल सिंह बोहराले सेनाको ब्यारेकमा शुद्ध खानेपानीको अभाव भएको बेला शुद्धिकरण यन्त्र उपलब्ध गराएकोमा बताउनुभयो ।

उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा श्री चण्डिदल गणका निमित्त गणपति गोपाल सिंह बोहराको अध्यक्षता र बैंकका शाखा प्रमुख मिन राज अधिकारीको प्रमुख आथित्यता रहेको थियो ।

बैंकले हरेक वर्ष संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आईरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार