वडा कार्यालयले आफनै भवनबाट सेवा दिने

वडा कार्यालयले आफनै भवनबाट सेवा दिने

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ८ को नवनिर्वित भवन उद्घाटन गरिएको छ । बुधबार जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमले सो भवनको उदघाटन गर्नुभएको हो ।

प्रमुख गौतमले वडा कार्यालयलाई पूर्वाधार र प्रविधिमैत्री बनाउँदै स्थानीयलाई सहजरुपमा सेवा प्रदान गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आफनै भवनबाट सेवा सञ्चालन भएपछि वडावासीले राम्रो सेवा पाउनेछन् ।”

४० लाख ५० हजार लागतमा भवन निर्माण सम्पन्न भएको सानीभेरी गाउँपालिका ८ का वडा अध्यक्ष प्रेम बहादुर विकले जानकारी दिनुभयो । वडा अध्यक्ष  विक को अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय उप प्रमुख देव बहादुर विक¸सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्ट¸ पूर्व अध्यक्ष नरबहादुर पुन¸उपाध्यक्ष कमला रोका¸ नेकपा माओबादी केन्द्र सानीभेरी गाउँपालिका इन्चार्ज धनबिर ओली. जिल्ला समन्वय सदस्य शारदा दमाई लगाएतको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै भवन उदघाटन सानीभेरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी¸ जिल्ला समन्वय अधिकारी जितबहादुर ओली¸ सानीभेरी गाउँपालिकाका ११ वटै वडाका वडा अध्यक्षहरु विभिन्न पार्टी प्रतिनिधिहरु लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन वडा कार्यालय सहायक मन्जित खड्काले गर्नुभएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार