मेरो माइक्रोफाइनान्सद्धारा आर्थिक सहयोग

मेरो माइक्रोफाइनान्सद्धारा आर्थिक सहयोग

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ५ को सिर्केबजार स्थित राधिका कुमारी सिंह र भगवती कुमारी कुमाईलाई मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तिय सस्थां लिमिटेड कालिमाटि शाखाले दुई/दुई हजार रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ ।

सिर्केबजार स्थित मेरो सिर्के महिला केन्द्रमा बचत तथा कर्जाको कारोबारो गर्दै आउनु भएकी सदस्य राधिका कुमारी सिंह र भगवती कुमारी कुमाइ बैशाख ११ गते कालिमाटी बजार जादै गर्दा बाटोमा अटो दुर्घटनामा परि सदस्य सिंहको हात भाचियको थियो भने सदस्य कुमाइको टाउकोमा चोट लागेकोले निज सदस्यहरुलाइ प्राथमिक उपचार खर्च बाफत रकम हस्तान्तरण गरीएको हो ।

सदस्यहरु मेरोमाइक्रोफाइनान्स कालिमाटि शाखा अन्र्तरगत बिगत २०७८ साल देखि समुहमा आवद्ध भएर कारोबार गर्दै आउनु भएको थियो ।

यस्तै रुकुम पश्चिमको आठबिसकोट नगपालिका वडा नम्बर ९ बटाला गाउँ स्थित दल कुमारी केसीलाई पनि दुई हजार रुपैया सहयोग रकम हस्तान्तरण गरिएको छ । मेरो सातपाखा महिला केन्द्रमा बचत तथा कर्जाको कारोबारो गर्दै आउनु भएकी सदस्य दल कुमारी के।सि।को घरमा बैशाख २ गते राति आकस्मिक रुपमा आगजनी भएकोले आवास क्षेती बाफतको रकम हस्तान्तरण गरिएको शाखा प्रबन्धक प्रेम बहादुर विक ले जानकारी दिनुभयो ।

मेरोमाइक्रोफाइनान्सले ६४ जिल्लामा १ सय ५० शाखा कार्यालयबाट विभिन्न जिल्लाहरुमा १ लाख ६० हजार भन्दा बढी घरधुरीहरुलाई बित्तीय सेवा दिदै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार