रुकुम पश्चिमका २ सहकारी र १३ जना उत्कृष्ट किसान पुरस्कृत

रुकुम पश्चिमका २ सहकारी र १३ जना उत्कृष्ट किसान पुरस्कृत

मुसिकोट । रुकुम पश्चिमका २ सहकारी र १३ जना उत्कृष्ट किसानलाई पुरस्कृत गरिएको छ ।  कृषि तथा पशुको क्षेत्रमा उत्कृष्ट काम गर्ने किसानहरु छनौट गरेर पुरस्कार सहित सम्मान गरिएको हो ।

शुक्रबार मुसिकोटमा कृषि विकास कार्यालयले ८ जना र पशु अस्पताल तथा पशु सेवा कार्यालयले ७ जना उत्कृष्ट किसानहरु छनौट गरेर नगद सहित पुरस्कृत गरिएको हो । पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख ज्ञानु कुमार शर्माका अनुसार पुरस्कृत तथा सम्मानित हुनेहरुमा बाख्रापालक किसानतर्फ आठविसकोट नगरपालिका १२ का इकर्के पुन, भैसीपालक किसानतर्फ मुसिकोट नगरपालिका ४ का राजु ओली र बंगुलपालनतर्फ मुसिकोट नगरपालिका ४ का लुमा खड्का बुढामगर हुनुहुन्छ ।

त्यसैगरी घाँस विकास तर्फ मुसिकोट नगरपालिका ४ का पल बहादुर खड्का, माछापालन तर्फ आठविकासकोट नगरपालिका ७ का तिलक बुढा, विशिष्ट जातको कालिज पालनतर्फ चौरजहारी नगरपालिका ४ का धिरज भण्डारी र सहकारी तर्फ मुसिकोट नगरपालिका ४ स्थित सिद्धार्थ सहकारी सस्थालाई सम्मान गरिएको हो ।

पुरस्कृत तथा सम्मानित हुनेहरु मध्य सहकारीका रिमा खड्कालाई नगर बीस हजार पुरस्कार, प्रमाणपत्र र दोसल्ला सहित सममान गरएिको हो भने अन्य ६ जनालाई नगद दश हजार पुरस्कार सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

त्यसैगरी कृषि विकास कार्यालयले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारका लागि छनौटमा परेका ८  जना किसानलाई पुरस्कृत तथा सम्मान गरेको छ । कृषि विकास  कार्यालयका निमित्त कार्यालय प्रमुख मिन बहादुर केसीका अनुसार सम्मानित हुनेहरुमा मौरीपालक किसानतर्फ बाँफिकोट गाउँपालिका ४ का नरबहादुर चन्द, फलफूल खेती (कागती) तर्फ त्रिवेणी गाउँपालिका २ का पुष्पलाल बोहरा, फलफूल (किवी) तर्फ बाँफिकोट गाउँपालिका ७ का चुके शाही र खाद्यन्नबाली बीउ तर्फ मुसिकोट नगरपालिका ७ का किसान याम कुमारी पाण्डे सम्मानित हुनुभएको छ ।

त्यसैगरी तरकारी बीउ तर्फ सानीभेरी गाउँपालिका ९ का टंक प्रकाश खड्का, च्याउ सिताके उत्पादन गर्ने किसान त्रिवेणी गाउँपालिका ५ बिमला ओली, तरकारी खेती तर्फ मुसिकोट नगरपालिका ३ का चक्रबहादुर बिष्ट र सहकारीतर्फ चौरजहारी नगरपालिका १० का किसान गोपा बिएम सम्मानित हुनुभएको हो ।

सहकारी तर्फबाट सम्मानित हुने गोपा बिएमलाई नगद बीस हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो भने अन्यलाई नगद दश हजार, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

उत्कृष्ट किसान सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो भने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, प्रहरी नायब उपरिक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायब उपरिक्षक गोविन्द केसी, पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी लगायतका विभिन्न कार्यालयका प्रमुख, गाउँपालिकाका कृषि तथा पशु सेवा शाखाका प्रमुख तथा प्रतिनिधिहरु, किसानहरुको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार