बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न

बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न

मुसिकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ खलंगा जिल्ला प्रहरी कार्यालय नजिकै रहेको वीपीको शालिक परिसरमा सरसफाई तथा बृक्षारोपण गरिएको छ ।

रुकुमेली क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजना सोमबार वीपीको शालिक वरिपरि सरसफाई गरेर बृक्षारोपन गरिएको रुकुमेली क्याम्पस स्ववियु सभापति अनिषेश केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बृक्षारोपण कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, नेपाली काँग्रेस महासमिति सदस्य सिता ओली, नेविसंघका जिल्ला सभापति लालबहादुर ओली, पार्टिका नेता, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार