राम प्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी
पूर्वीय हाम्राे ,सभ्यता राम्रो ,जगत भन्दछ
सभ्यता रहे ,रहन्छाैं हामी, मुलुक बन्दछ ।
पुराण वेद ,गीताका मन्त्र ,जीवन दर्शन
देवका वाणी ,ऋषिका ज्ञान ,अमूल्य दर्शन ।
मर्यादा पुरूष् ,रामकाे राज्य ,आदर्श सीताकाे
कृष्णले तत्व ,दर्शन दिए ,ज्ञान त्याे गीताकाे ।
सत्यकाे खाेजी ,आत्माकाे खाेजी, चिन्तन ईश्वर
सार्थक पार ,जीवन भन्थे, शरीर नश्वर ।
नगर हिंसा , नबाेल झुठाे, चाेरी लाै नगर
अर्काकी स्त्री ,नहेर टेडाे ,मद्यपान् नगर
बुद्धले यहीँ, लिएर जन्म ,सार्थक पारेथे
ज्ञानकाे गंगा ,दिएर जगत् ,निर्मल पारेथे ।
चार ती आर्य, सत्यकाे बाेध ,अष्टाङ्ग मार्गमा
भातृत्व भाव ,सबैमा राख, जीवन मार्गमा ।
सबै हुन् सुखी ,निराेगी रहून् ,दुःखमा नपरून्
मंगल-मय ,जीवन बनाेस्, आँसु ती नझरून् ।
फलकाे आस, नगरी कर्म, जसले गर्दछ
हुँदैन मिथ्या, ईश्वर कृपा ,उसैमा पर्दछ ।
याेग र ध्यान, अवश्य गर ,आनन्दी मनले
सुख र शान्ति, कहिल्यै दिन्न ,भाैतिक धनले ।
मनमा हरि, मुखमा राम, हातमा काम हाेस्
देहले छाेडी ,गएता पनि ,अमर नाम हाेस् ।
काम र क्राेध ,लाेभ र माेह छाेडेर जीवन
मुक्तिकाे मार्ग लैजान मन लगाऊ जीवन
अरूकाे पछि, नलागाैं अब, पराया संस्कृति
जाेगाई राखाैं ,माैलिक पन, फैलाऊँ सुकीर्ति ।
मनमा शान्ति, मुहार कान्ति, बनाऊँ सबैले
पूर्वकाे ज्ञान, उज्यालो रश्मि, छराैं न सबैले ।