सामुदायिक विद्यालयका शिक्षकले मासिक तलब पाउने

सामुदायिक विद्यालयका शिक्षकले मासिक तलब पाउने

काठमाडौं महानगरपालिकाले आफ्नो मातहतभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिक रुपमै तलब उपलब्ध गराउने व्यवस्था गरेको छ।

स्रोत भर्ना कोषमार्फत् आफूहरूले सामूदायिक विद्यालयका शिक्षकहरुलाई मासिक रुपमा नै तलब खुवाउने व्यवस्था गरेको उपमेयर सुनिता डंगोलले बताउनु भयो ।

सामूदायिक विद्यालयका शिक्षकहरुले त्रैमासिक रुपमा तलब पाउने व्यवस्था संघीय सरकारले गरेको छ।

तर काठमाडौं महानगरपालिकाले भने स्रोत भर्ना कोषमार्फत् उनीहरूलाई मासिकरूपमै तलब लिने व्यवस्था गरेको हो।

‘यो वर्ष भित्रबाट काठमाडौं महानगरपालिका भित्रका सामूदायिक विद्यालयका शिक्षकहरुले पनि मासिक रुपमै तलब पाउने व्यवस्था हामीले गरेका छौं,’ उपमेयर डंगोलले भन्नुभयो, ‘यो चाँही त्रैमासिक रुपमा केन्द्रिय सरकारबाट आउने बजेट यस पटक देखि भने हामीले स्रोत भर्ना कोष राखेका छौं। यो मार्फतबाट चाँही हरेक महिना महानगरपालिका भित्रका सामूदायिक विद्यालयका शिक्षकहरुले भने तलव मासिक रुपमा नै पाउने व्यवस्था हामीले गरेका छौं।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार