जंगली च्याउ खाँदा ७ वर्षीया बालिकाको मृत्यु

जंगली च्याउ खाँदा ७ वर्षीया बालिकाको मृत्यु

रोल्पामा जंगली च्याउ खाँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ।

लुंग्री गाउँपालिका-५ बुझिङकी ७ वर्षीया रोशनी विकको मंगलबार बिहान पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरले सेतोपाटीलाई बताए। उनको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै उनकै परिवारका चार जनाको पनि उपचार भइरहेको छ।

२६ वर्षीया आमा विमला विकको आइसियुमा उपचार भइरहेको छ। २४ वर्षीया दिलमाया विक, ६ वर्षीया आकृति विक र २३ वर्षीया रितु विकको पनि लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार जारी छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालका अनुसार असार २६ गते उनीहरूले स्थानीय वनबाट जंगली च्याउ टिपेर ल्याएका थिए।

उक्त च्याउ खाएपछि स्वास्थ्यमा सास्या देखिएको हो। असार २९ गते मात्रै उनीहरू प्राथमिक स्वास्थ्य सुलिचौरमा उपचारका लागि गएका थिए।

त्यहाँ उपचार सम्भव नभएपछि लुम्बिनी सिटी अस्पताल बुटवलमा रिफर गरेको थियो।

तर उनीहरू पैसाको जोहो गर्ने भन्दै उक्त दिन घर फर्किएको प्रहरी निरीक्षक भुसालले बताए।

स्वास्थ्यमा पुनः समस्या देखिएपछि असार ३१ गते बुटवल पुगेका थिए। बुटवलले पनि सोमबार रोशनीलाई भैरहवा मेडिकल कलेजमा रिफर गरेको थियो। आज उपचारको क्रममा उनको मृत्यु भएको हो।

यही हप्ता मात्रै सोही ठाउँका तीन आमा छोरा छोरीको जंगली च्याउ खाएका कारण उपचारका क्रममा रूपन्देहीमा मृत्यु भएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार