रुकुम पश्चिमका पत्रकारको दुर्घटना बिमा

रुकुम पश्चिमका पत्रकारको दुर्घटना बिमा

मुसिकोट । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले शाखामा आबद्ध साधारण सदस्यहरु तथा जिल्लामा क्रियाशिल पत्रकारहरुको दुर्घटना बिमा गरेको छ ।

महासंघका जिल्ला सचिव हिरा परियारले दिनुभएको जानकारी अनुसार जिल्लाका ५४ जना पत्रकारहरुको दुर्घटना बिमा गरिएको हो । समाचार संकलनका क्रममा विभिन्न जोखिमहरु मोलेर फिल्डस्तरमा खटिने पत्रकारहरुको निशुल्क दुर्घटना बिमा गरिएको सचिव परियारले जनाउनुभयो ।

महासंघका अनुसार मुसीकोट नगरपालिकाको सहयोगमा विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरुको दुर्घटना बिमा गरिएको हो । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा ५४ जना पत्रकारहरुको ५४ लाख बराबरको दुर्घटना बिमा गरिएको हो । एकमुष्ठ रुपमा पत्रकारहरुको दुर्घटना बिमा गरिएको हो ।

यस कार्यले जोखिमपूर्ण अवस्थामा पत्रकारिता गरिरहेका पत्रकाहरुलाई कामको लागि थप प्रोत्साहन हुने विश्वास लिईएको शाखा अध्यक्ष लक्ष्मण केसीले बताउनुभयो ।

नयाँलाई आकर्षण र क्रियाशिल पत्रकारहरुलाई यस पेशामा टिकाउनको लागि शाखाले दुर्घटना बिमाको कार्यक्रम अघि सारेको अध्यक्ष केसीले जनाउनुभयो । शाखाले नयाँ पत्रकार उत्पादन र क्रियाशिल पत्रकारहरुको क्षमता विकासका लागि समेत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार