रुकुम पश्चिममा बीपी स्मृति दिवस मनाईयो

रुकुम पश्चिममा बीपी स्मृति दिवस मनाईयो

मुसिकोट । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोईरालाको ४१ औं स्मृति दिवस आज रुकुम पश्चिममा मनाइएको छ ।

दिवसको अवसरमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगामा रहेको बीपीको शालिकमा माल्यार्पणसँगै बिपीको योगदानको चर्चा गरेर दिवस मनाईएको नेपाली काँग्रेस रुकुम पश्चिमका सचिव परमेश्वर भण्डारीले जानकारी दिनुभयो ।

बिपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा  बिपीको राजनैतिक, साहित्यीक तथा सामाजिक जीवनको बारेमा चर्चा समेत गरिएको पार्टि सचिव भण्डारीले बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्ण बहादुर रोकाय, प्रदेश समिति सदस्य सीता ओली, जिल्ला पार्टी उपसभापति हर्कसिं खत्री, निर्वाचन क्षेत्र नम्वर १ का सभापति एवम् मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, भातृ संगठनका प्रमुख तथा प्रतिनिधी लगायत नेपाली कांग्रेस रुकुम पश्चिमका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

बीपीको २०३९ साल साउन ६ गते निधन भएको थियो । सोही दिन पारेर नेपाली कांग्रेसले देशभर आजैका दिन बीपीको सम्झनामा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार