खानेपानीको अभावदेखि पानीघट्ट सञ्चालनसम्म आइपुग्दा

खानेपानीको अभावदेखि पानीघट्ट सञ्चालनसम्म आइपुग्दा

धु्रबराज के.सी.
गरकटेरी खानेपानी, सिँचाईँ तथा घट्ट सञ्चालक समिति
संरक्षक

बाँफिकोट गाउँपालिका वडा नं. ५ अन्तरगत पर्ने माथिकाँडा (डाँरा) टोल ऐतिहासिक धार्मिक स्थलको रुपमा चीर परिचित छ । यो टोल बाँफिकोट गाउँपालिका भवन देखि ठीक उत्तरतर्फ पर्दछ । यस टोलमा रिजाल, देवकोटा, पुरी, दाहाल थरका मानिसहरु बसोबास गर्दछन् । प्रायः बाँफिकोटका अन्य स्थानमा बसोबास गर्ने रिजाल तथा देवकोटा थरका मानिसहरु यसै टोलबाट बसाई सरेर ग्एको देखिन्छ । किनकि रिजाल र देवकोटाका कुलदेवताका मन्दिरहरु यसै टोलमा रहेका छन् । कुलदेवताको पूजा गर्न सबै स्थानहरुबाट यसै टोलमा आउने गर्दछन् । पुरी थरका मानिसहरु स्यार्पू टोलबाट बसाई सरेर आएका देखिन्छन् भने स्यार्पू टोलमा स्थायी बसोबास भएका दाहालहरु वर्षको विभिन्न समयावधिमा करिब चार/पाँच महिना यसै टोलमा बस्ने गर्दछन् । यद्यपि कुनै दाहालहरु भने स्थायी बसोबास यसै टोलमा ग्र्दछन् । ठूलो जलराशीको भण्डार स्यार्पूतालको करिब आधा अंश यसै वडामा पर्दछ । माथिकाँडा (डाँरा) टोल स्यार्पूतालदेखि सिधा माथि पश्चिम उत्तर दिशातर्फ पर्दछ । यस टोलका बासिन्दाहरु खेतीपाती र पशुपालन गर्दै आइरहेका छन् । हाल यस पेसा व्यवसायमा केही कमी आएको महसुस हुन थालेको छ । विगतमा यहाँका प्रत्येक घरमा कम्तिमा पनि ३/४ वटा भैँसी, ६/७ वटा गईहरु त अनिवार्य पालिन्थे । कसैले भने थप बाख्राहरु पनि पालेका हुन्थे । घर घरमा १/१ वटा कुकुर पालिन्थे । स्याउला, सोत्तरको व्यवस्था गरेर गोबरमल थुप्रै परिमाणमा बनाउँथे । त्यो मल बारीमा हालेर मकैँ, गहुँ, जौँ, कोदो, फाफरजस्ता खाद्यबालीहरु उत्पादन गर्थे भने मसुरो, मास, सिमी, सोस्टा, भटमास जस्ता दलहन बालीहरु पनि उब्जनी गर्थे । बर्खे बालीहरुको उत्पादन राम्रो भए पनि सिँचाइको कमीका कारण हिँउदे बालीको उत्पादन भने धेरै राम्रो थिएन । गाईभैँसीको शुद्ध घिउ बनाउने तथा नेपालगञ्ज, कोइलाबास र बुटवलमा लिएर बेच्ने प्रचलन थियो । उनीहरुले त्यहाँबाट घिउ बेचेको रकमबाट वर्षभरिलाई पुग्ने गरी नुन, कपडा तथा अन्य दैनिक व्यवहारमा प्रयोग् हुने चीजवस्तुहरु किनेर ल्याउने गर्दथे ।

विगतदेखि नै यो टोलमा खानेपानीको ठूलो समस्या रहको थियो । नजिकमा स्थायी पानीका मुहानहरु नरहेकाले मानिसहरुले एक गाग्री खानेपानी ल्याउनका लागि कोसौँ टाढा जानु पर्दथ्यो । यहाँका मानिसहरु कपडा धुनका लागि स्यार्पूताल, ठूला पँधेरा र बडगउँ टोलको हाँसखोलामा जानु पर्ने बाध्यता थियो । सिँचाइका लागि त मानिसहरुको कल्पनाको पहुच नै पुग्दैनथ्यो । कमेराखानी, सिमलपानी, तुसारपानी, नौपानी, स्यानीनाउला र बसनाउला यस टोलका साना पानीका मुहानहरु हुन् । वर्षात्मा यी मुहानहरुमा पर्याप्त पानी आए पनि हिउँदमा ती मुहानहरुबाट थोरै मात्रामा पानी चुहिन्थ्यो । धारो लाग्ने ठूलो पानी आउँदैनथ्यो । साना साना खाल्डाहरु पारेर पानी जम्मा गरिन्थ्यो । ती खाल्डाहरु रातिमा भरिन्थे र मानिसहरुले एकाबिहानै ती खाल्डामा जम्मा भएको पानी ल्याउनका लाग् प्रतिष्पर्धा गर्थे । ती मुहानहरुमा पानी भर्नेको लाइन ४ बजेदेखि नै खडा भइसक्थ्यो । अबेला पानी ल्याउन जानेले पानी नै पाउँदैनथ्यो । त्यसैले यहाँका मानिसहरुका लाग् बिहानै उठ्ने र पानी ल्याउने ठूलो चुनौती थियो । । एकाबिहानै गाग्री र एउटा पानी भर्ने बटुको लिएर पँधेरामा जाने र पालो पर्खिनु पर्ने बाध्यताले मानिसहरु आजित थिए । त्यस समयमा शुद्ध र सफा खानेपानीको प्रश्न नै थिएन । खाल्डोबाट पानी भर्दा बटुको पूरा डुब्दैनथ्यो । बटुकोबाट थोरै थोरै पानी उभाउँदै गाग्रीमा हाल्दै गर्थे । पानी प्रायः सङ्लो हुँदैनथ्यो । बिहान पानी ल्याउन नजानेले पानी पाउने सम्भावना थिएन । गाग्रीको पानी नापो गरेर उपयोग गरिन्थ्यो । पानी पिउँदा पनि सबैलाई भाग लगाउने अवस्था थियो । दिउँसो गई भैँसीहरु लाइन लगएर पानी खुवाउन लग्दाको दृश्य बडो रोमाञ्चकारी देखिन्थ्यो । गाईभैँसीलाई पानी दिने काठका कोसीहरु हुुन्थ्यो । कोसीमा गाबुबाट उभाएर पानी हालिन्थ्यो र गाईभैँसीलाई पालैपालो पानी खुवाइन्थ्यो । प्रायः गाईभैँसीले अघाउन्जेलसम्म पानी खान पाउँदैनथे । मानिस र गईभैँसीले प्रयोग् गर्ने पानी एउटै हुन्थ्यो । जुठो, पशु चौपाया र चराचुरुङ्गीको फोहोर, फोहोर किटाणुहरु जस्ता सवालहरु मानसपटलदेखि निकै टाढा थिए ।

दैनिक रुपमा पिउन, भाँडा माझ्न र हातमुख धुन पानीको प्रयोग् गरिन्थ्यो । नुहाउन र लुगा धुनका लागि ठूला पानीको स्रोत भएका स्थानहरु जाने गरिन्थ्यो । सामान्ततः मानिसहरुले कम्तिमा एक महिना पूरा नभएसम्म नुहाउने र लुगा धुने काम गर्दैनथे । लुगा धुने चाहना गरेमा ठूलो संख्याका मानिसहरु डोकामा ठूला साना कपडाहरु, ताउला, कोसी जस्ता भाँडाहरु लिएर कोसौँ टाढाका ठूला मुहानमा जान्थे । ताउलीमा खरानीपानी राखेर त्यसैमा कपडाहरु राखेर पकाउने र पानीले सफा गर्ने गर्थे । यसलाई बान लगउने र लुग धुने भन्थे । कसै कसैले घट्ट जाँदा नुहाउने र कपडा धुने काम गर्थे ।

यस टोलमा बसोबास गर्ने मानिसहरुले प्रायः जसो रोटी खाने गर्दछन् । उनीहरु भातको तुलनामा रोटी नै बढी खाने गर्दछन् । हाल आएर भात खाने चलनमा वृद्धि भएको छ । पिउने पानी नै नपाइने ठाउँमा पिठो पिँध्ने घट्टहरु हुने त कुरै भएन । डार्नेखोला, बालुवाचौर र खारखोलामा ग्एर घट्ट पिँध्न मानिसहरु विवश छन् । वर्षात्को समयमा भने बडगाउँ ढारखोलामा घट्न पिँध्न जान्छन् । यसरी टाढा घट्ट पिँधन जाँदा शारीरिक थकान एकातिर हुन्छ भने अर्कोतिर दिनभरिका समय बर्बाद हुने अवस्था रहेको छ ।
यस टोलका लागि पर्याप्त खानेपानीको व्यवस्था ग्र्ने चिन्तनको सुरुवात विगतदेखि हुँदै आएको हो । यी चिन्तनहरु केवल कल्पनामा मात्र सीमित रहे । वि.सं. २०३८/०३९ को युनिसेफद्वारा सञ्चालित ज्यामनडाँडा खानेपानी आयोजनाले यस टोलका मानिसहरुको पानीको केही मात्रामा समस्या समाधान ग¥यो । यस आयोजनाबाट सिङ्गे माथिकाँडा (डाँरा) भरि जम्मा चारवटा धाराहरु बनाइका थिए । बडापोखराका लागि एउटा धारा, रैपोखरा, पल्लो खोलीकाँडा, गाधीघर आसपासका क्षेत्रका लागि एउटा धारा, खोलीकाँडाका लागि एउटा धारा र चौलाहाका बासिन्दाहरुका लागि एउटा धारा गरी जम्मा चारवटा धाराहरु सञ्चालित थिए । पछि वि.सं. २०५२/०५३ को जिल्ला खानेपानी कार्यालय रुकुमद्वारा सञ्चालित ज्यामनडाँडा खानेपानी आयोजनाबाट जम्मा १० वटा धाराहरु सञ्चालित छन् । यसको ७ र ९ घनमिटरका दुईवटा रिजर्भ ट्याङ्कीहरु दुधिलचौरमा राखिएका छन् । यसबाट यस टोलका मानिसहरुको पानी सम्बन्धीको धेरै समस्या हल भएको छ । यसले पिउने, सरसफाई ग्र्ने तथा गाईवस्तुलाई खुवाउने पानी व्यवस्था केही मात्रामा हुन सकेको देखिन्छ । यसपछि मात्र यहाँका वासिन्दाहरुमा सिचाँई तथा स्थानीय घट्ट सञ्चालनको आवश्यकता महसुस भयो ।

घट्टको आवश्यकता महसुस गरी स्थानीय प्रबुद्ध मानिसहरुले राजनैतिक दलहरुसँग दुखेसो र गुुनासो पोख्ने तथा माग राख्ने क्रमको सुरुवात भयो । वि.सं. २०५६ सालको मद्यावधि निर्वाचनबाट निर्वाचित नेकपा एमालेबाट निर्वाचित सांसद तीर्था गौतमको सांसद विकास कोषबाट यस स्थानमा एउटा विद्युुतीय घट्ट स्थापना गर्ने आश्वासन प्राप्त भयो । घट्ट निर्माण सम्बन्धीका सामाग्रीहरु बुटवलमा थन्किएर रहेका कुरा पनि आयो । गाउँमा थ्रि फेजवाला विद्युतीय लाइन विस्तार हुन नसकेकोले घट्ट निर्माण कार्यले मूर्त रुप लिन नसकेपछि यहाँका जनताहरु चिन्तित रहे । यसै बिचमा वि.सं. २०७१/०७२ को रुकुमेली समाज विकास केन्द्र, स्थानीय मार्पूजा वन उपभोक्ता समितिको कोष र माननीय सांसद जनार्दन शर्माको सांसद विकास कोषको संयुक्त रकमबाट जम्मा पाँच किलोमिटर लामो अङ्गरे खानेपानी आयोजनाबाट केही खानेपानी आपूर्तिमा वृद्धि भयो । यस आयोजनाको २५ घनमिटरको रिजर्भ ट्याङ्की बडापोखरामा रहेको छ । यसै गरी वि.संं २०७२/०७९ को एक घर एक धारा अवधारणको पाँचवर्षे पानीछिर्ना खानेपानी आयोजना सञ्चालन जिल्ला खानेपानी, सिँचाइ तथा ऊर्जा विकास समितिको कार्यालय रुकुम पश्चिमको आर्थिक लागत दुई करोड एकसठ्ठी लाख रुपैँयाबाट बाँफिकोट गाउँपालिकाका वडा नम्बर ४ र ५ का सम्पूर्ण उपभोक्ताहरु खानेपानी पुर्याउने काम भयो । यस आयोजनाबाट यस टोलभित्र ११६ घरधुरी तथा वडा नम्बर ४ र ५ भित्रका ६९५ घरधुरीहरु लाभान्वित भएका छन् । यसपश्चात् भने खानेपानीसम्बन्धी समस्या पूर्ण रुपमा हल भएको महसुस भयो । यस आयोजनाको २० घनमिटरको रिजर्भ ट्याङ्की दुधिलचौरमा रहको छ । यस पानीले केही मात्रामा स्प्रिङ कलर सिचाँइको माध्यमबाट तरकारी बाली तथा हिँउदे बालीलाई सिँचाई गर्न सकिने अवस्था रह्यो । तर विविध कारण स्वरुप यी पछिल्ला खानेपानी आयोजनाहरु भरपर्दो किसिमले सञ्चालन भने हुन सकिरहेका छैनन् । बाँफिकोट गउँपालिकाका अध्यक्ष जनक कुमार बाँठाले बुरालमष्ट मन्दिर परिसरमा शुद्ध खानेपानीको धारा स्थापनाका लागि व्यक्तिगत लगानीमा दुधिलचौरदेखि मन्दिरसम्म पोलिथिन पाइपको व्यवस्था गरिदिनु भएको छ ।

यस पृष्ठभूमिमा एक दिन बुरालबाबाको ऐतिहासिक पवित्र तीर्थधाम गारकटेरीमा तीर्थयात्रीहरुको बिचमा गरकटेरीको पानीको सदुपयोग् गर्न सकेमा माथिकाँडा (डाँरा) मा घट्ट सञ्चालन गर्न सकिने विषयमा विचार विमर्श भयो । सबै तीर्थयात्रीहरुको सद्विचारमा मतैक्यता कायम भयो । शक्तिशाली देवता आस्थाका धरोहर बुरालबाबा बाट यस स्थानमा नौधारा खस्ने वचन भएको स्मरण गरियो । यस विचारलाई सम्पूर्ण टोलवासीहरु समक्ष पु¥याइयो । सबैले यसमा सक्दो योग्दान गर्न सक्ने आँट र साहस व्यक्त गरे । यस सपनालाई मूर्त रुप दिनका लागि योजनाको खोजी भयो । यस बिचमा बरालबाबाको आशीवार्द लिने काम भयो । स्थानीय अग्रणी व्यक्तित्व धु्रवराज केसीको संरक्षकत्व र स्थानीय समाजसेवी शेरबहादुर केसीको अध्यक्षतामा गारकटेरी खानेपानी तथा घट्ट सञ्चालन समिति गठन भयो । उक्त समितिले विभिन्न निर्णयहरु पारित गरी आवश्यक समन्वय गरिदिनका बाँफिकोट गाउँपालिका समक्ष माग राख्या । बाँफिकोट गाउँपालिकाको सिफारिस लिएर समितिका संरक्षक धु्रबराज केसीको नेतृत्वमा जिल्ला खानेपानी, सिँचाइ तथा ऊर्जा विकास समितिको कार्यालय रुकुम पश्चिममा माग्पत्र पेश ग्रियो । जनु मागपत्रका सुनुवाई गरी उक्त कार्यालयबाट पन्ध्र लाख रकम अनुदान प्राप्त भयो । छ लाख रुपैँयाको स्थानीय जनश्रमदान तथा स्थानीय लगानीको उपयोग गरी जम्मा २१ लाख बराबरको रकमले गारकटेरीबाट माथिकाँडा (डाँरा) टोलसम्म ७५ एमएम र ६३ एमएमको पोलिथिन पाइपमा पानी पु¥याउने काम सम्पन्न भयो । यस आयोजनाको कार्य सम्पन्न भएपश्चात् मिति २०८० श्रावण २ गतेका दिन बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनक कुमार बाँठा र ने.क.पा. (एमाले) का रुकुम पश्चिम अध्यक्ष नन्दराम देवकोटाले संयुक्त समुद्घाटन गर्ने कार्य समेत पूरा भइसकेको छ । पवित्र पानीलाई उपयोग गरेर घट्ट सञ्चालन भइसकेको छ । यस पानीलाई खानेपानी तथा सिँचाईका रुपमा उपयोग गर्ने दीर्घकालीन योजना रहेको छ । यसबाट यस टोलमा बसोबास ग्र्ने आजसम्मको आँकडाअनुसार १६२ घरधुरीहरु लाभान्वित हुने अनुमान ग्रिएको छ । यसबाट स्थानीय वासिन्दाको सदियौँदेखिको घट्टको समस्या समाधान हुनुका साथै बढ्दो जनसंख्या र चौपायाहरुको खानेपानीको थप आपूर्ति सहज हुने कुरामा विश्वास लिइएको छ । बुरालबाबाको पवित्र तीर्थस्थल गारकटेरीमा जाने र पवित्र जलले स्नान गरेर शद्धु नसक्ने बुढापाकाहरुले आवश्यक पवित्र जलसमेत प्राप्त गर्न सक्छन् ।

गारकटेरी खानेपानी तथा घट्ट सञ्चालन कार्यक्रमलाई सुव्यवस्थित गर्नु अबको चुनौती हो । कुनै पनि आयोजनाहरु सम्पन्न भएर मात्र हामी धन्य र गौरबान्वित हुन सक्दैनौँ । यसको सही र समुचित दीर्घकालीन योजना र चिन्तनले मात्र हामी आत्मगौरब गर्न सक्छौँ । यसका लागि स्थानीयवासीहरुको एकता र साझेदारीको थप खाँचो महसुस भएको छ । यसको सहज सञ्चालन तथा व्यवस्थापनका लागि एक मूल समिति बनाउनु पर्छ । त्यस समितिले योजना तथा कार्यान्वयनसम्बन्धी कार्यविधि तर्जुमा गर्नुपर्छ । त्यस समितिको मातहतमा रहने गरी एक जना परिश्रमी, जाँगरिलो र लगनशील व्यक्तिलाई दैनिक घट्ट सञ्चालनको जिम्मा दिनुपर्छ । दैनिक घट्ट सञ्चालन तथा व्यवस्थापन कार्य चुस्त र दुरुस्त गराउनका लागि समितिको निगरानी रहनु पर्छ । घट्ट सञ्चालकलाई योग्दानमा आधारित न्यायोचित पारिश्रमिकको व्यवस्था गर्नुपर्छ । सबै उपभोक्ताहरुले घट्टलाई व्यक्तिगत सम्पत्ति सरह संरक्षण तथा सम्बद्र्धन गर्नुपर्छ । घट्टमा आवतजावतलाई सरल बनाउनका लागि गोरेटो बाटो तयार गर्नुपर्छ । घट्टमा बिजु्ली आपूर्तिलाई सहज तुल्याउनु पर्छ । घट्टबाट निस्केको पानीको व्यवस्थापनमा विशेष ध्यान पु¥याउनु पर्छ । वर्षात्को समयमा यसको उचित ढलनिकास गरी व्यवस्थित गर्न आवश्यक हुन्छ । दीर्घकालीन रुपमा त्यसै पानीबाट अर्को थप घट्ट निर्माण गर्न उपभोक्ताहरुलाई प्रोत्साहन गर्नुपर्छ । यस बहुआयामिक आयोजनालाई पूर्णता दिनका लागि तथा यस टोल विकासका विभिन्न कार्यक्रमहरुमा सदैव साथ, सहयोग तथा समर्थन दिनुहुने कर्णाली प्रदेश सभा सदस्यद्वय माननीय महेन्द्र केसी. र तुलसा मल्ल, बाँफिकोट गाउँपालिका अध्यक्ष श्रीमान् जनक कुमार बाँठा, वडा नम्बर ५ मन वडा अध्यक्ष श्री मनु शाही, स्थानीय समाजसेवी गोर्खबहादुर कुसारीप्रति कृतज्ञता प्रकट गर्न चाहन्छु ।

आ–आफ्नो स्थानबाट आवश्यक सहयोग् गर्नु हुने सबै सरोकारवालाहरु धन्य हनुहुन्छ । घट्टको व्यवस्थापनका लागि सुरु देखि अन्त्यसम्म अथक रुपमा दिलोज्यान दिएर समर्पित हुने मिस्त्री श्री शेरबहादुर शाहीलाई उच्च सम्मान व्यक्त गर्दछु । यस टोलको समयानुकूल विकासका खातिर उदार दिलका साथ लाग्नु हुने सबै महानुभावहरुप्रति आभारी छु । अथक सहयोग र हातमालोमा खट्ने स्थानीयवासीहरुप्रति उच्च प्रशंसा छ । आज ‘एकता नै बल हो’ भन्ने उखानले सार्थकता पाएको छ । एकतालाई सदा सदाका लागि जोगाउनका लागि सबैलाई हार्दिक आह्वान गर्न चाहन्छु । जनप्रतिनिधिज्यूहरुसमक्ष आगामी दिनमा यस टोल विकासका लागि थप सहयोग्को अपेक्षा राख्न चाहन्छु । धन्यवाद ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार