अन्तरपार्टी महिला सञ्जालको अध्यक्षमा खिमा डाँगी

अन्तरपार्टी महिला सञ्जालको अध्यक्षमा खिमा डाँगी

मुसिकोट । अन्तरपार्टी महिला सञ्जाल रूकुम पश्चिमको अध्यक्षमा खिमा डाँगी चयन हुनुभएको छ । शुक्रबार खलंगामा सम्पन्न भेलाबाट १५ सदस्यीय सञ्जालको अध्यक्षमा खिमा डाँगी चयन हुनुभएको हो ।

डाँगी नेकपा एमाले निकट हुनुहुन्छ । त्यसैगरी उपाध्यक्षमा शुसिला केसी, सचिवमा अन्जना केसी र कोषाध्यक्षमा दुर्गा बुढा चयन हुनुभएको छ । शुसिला माओवादी केन्द्र निकट, अन्जना नेपाली काँग्रेस निकट हुनुहुन्छ भने दुर्गा नेकपा समाजवादी निकट हुनुहुन्छ।

यस्तै सञ्जालको जिम्मेवारी हरेक एकरएक वर्षमा परिवर्तन हुने गर्दछ । विभिन्न राजनैतिक दल निकट तथा जिल्लामा क्रियाशिल विभिन्न महिला संगठनहरुको साझा संगठनमा रुपमा अन्तरपार्टी महिला सञ्जालले कार्य गर्दै आएको छ । सञ्जालले महिला अधिकारको क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार