सुनका डल्ला

सुनका डल्ला

नगर हल्ला सुनका डल्ला भेटियाे भनेर
त्याे सुन भन्ने लसुन पाेटी हुन पाे के बेर ?

भन्सार छली आएकाे सुन भान्सामा के काम
लसुन भए भान्साकाे लागि लाग्दथ्याे त्याे काम ।

शरीर भर सुनले बेर पहेंलो बनाऊ
बिहान साँझ भाेजन पनि सुनकै बनाऊ ।

मरेर जाँदा बाँसकाे खाट सुनकै बनाऊ
शाेलामा पनि तिम्राे त्याे लास सुनैले जलाऊ ।

विमान स्थल सुनकै खानी हाे कि त हजुर
खाेस्रेर हेर्दा तरूल जस्तै फल्दछ जरूर ।

नभए देखि बेला र बखत किन पाे फल्दथ्याे ?
किलाका किला क्विन्टल सुन किन पाे फल्दथ्याे ?

बिस्कुट खान मिल्दैन यहाँ भाेकका बेलामा
सुनकै बिस्कुट् लिएर हिड्छन् कसैले झाेलामा ।

क्विन्टल सुन भित्र्यायाे कस्ले कसका निमित्त
बताऊ सब जनता माझ पारेर सिनित्त

सुनकाे भाउ नुनले लियाे यस्तैले गर्दामा
भाेका र नाङ्गा हेर्दछ कस्ले शाेकले मर्दामा ?

देश याे टाट पारेर ठाँट नडुल यसरी
जनता जागे जुताकाे माला लाउला बेसरी ।

रामप्रसाद पन्थी
रेसुङ्गा न.पा २ , छापटाेला -गुल्मी
२०८०।०४।०६

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार