३१ पालिकाले अझैँ बजेट ल्याएनन्

३१ पालिकाले अझैँ बजेट ल्याएनन्

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहले हरेक असार १० गते भित्र गाउँ तथा नगरसभामार्फत बजेट ल्याइसक्नुपर्ने भए पनि अहिलेसम्म घज्ञ पालकिाले बजेट ल्याएका छैनन् ।

बजेट पालिकाहरूले असार मसान्तसम्म परित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि ३१  पालिका बजेटविहीन अवस्थामा छन् ।

११ नगरपालिका र २२ गाउँपालिकाले असार ३१ गतेसम्म पनि बजेट ल्याएका छैनन् ।

बजेट समयमै सभामा पेश नगर्ने र पारित नगर्ने पालिका सबैभन्दा बढी मधेस प्रदेशमा २४ वटा छन् । बजेट आउन नसकेका अधिकांश पालिकामा जनप्रतिनिधिको विवाद मुख्य कारण देखिएको  छ ।

पालिका प्रमुख र उपप्रमुखबिच नै विवाद हुँदा त्यसको प्रभाव बजेट निर्माणमा देखिएको छ । कतिपय पालिकामा वडाअध्यक्षको अवरोधका कारण बजेट प्रभावित भएको छ ।

कानुनले तोकेको समयमा प्रक्रिया पूरा गरेर बजेट नल्याउँदा स्थानीय तहमा बजेट शून्यताको अवस्था आउने विज्ञहरूले बताएका छन् ।

बजेट पारित नहुँदा पालिकाका सम्पूर्ण खाता बन्द हुने भएकाले पालिकाको सम्पूर्ण क्रियाकलाप र विकासमा प्रभाव पर्ने स्थानीय तहका विज्ञ पुरुषोत्तम नेपालले बताउनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने तत्काल बजेट ल्याउन सम्बन्धित स्थानीय तहलाई ताकेता गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार