धुलिखेल अस्पतालमा उपचाररत सुत्केरी महिलाकाे मृत्यु

धुलिखेल अस्पतालमा उपचाररत सुत्केरी महिलाकाे मृत्यु

जेठ ३ काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा उपचारकाे लागि भर्ना भएकि एक सुत्केरी महिलाकाे मृत्यु भएकाे छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको हाे ।

उनको मृत्यु भएपछि अस्पतालमा अहिले सतर्कता अपनाइएको प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिएका छन ।

उनी ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार