निजामती कर्मचारी संगठन रुकुम पश्चिमद्धारा बिरामीलाई फलफूल वितरण

निजामती कर्मचारी संगठन रुकुम पश्चिमद्धारा बिरामीलाई फलफूल वितरण

मुसिकोट । नेपाल निजामती कर्मचारी संगठन रुकुम पश्चिमले जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।

सोमबार शहिद मनोज, झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा जिल्ला अस्पतलामा भर्ना भएका बिरामीहरुलाई फलफुल वितरण गरिएको हो । संगठनका जिल्ला अध्यक्ष खिम प्रकाश शाहका अनुसार ३० जना बिरामिहरुलाई फलफूल वितरण गरिएको हो ।

विभिन्न समयमा कर्मचारी आन्दोलनमा शहादत प्राप्त गरेका खोटाङका मनोज जोशी, कास्कीका झपेन्द्र कार्की र मुगुका सुरेन्द्र विकलाइ सरकारले २०७४ माघ २२ मा राष्ट्रिय शहिदको रुपमा घोषणा गरिएको र कर्मचारी आन्दोलनमा शहादत प्राप्त गर्ने शहीद को सम्झनामा साउन १५ गतेका दिन लाइ संगठनले शहिद स्मृति दिवसका रुपमा मनाउँदै आएको पेशागत महासंघ नेपालका राष्ट्रिय समिति सदस्य तथा रुकुम पश्चिम ईन्चार्ज प्रकाश खड्काले जानकारी दिनुभयो ।

फलफूल वितरण कार्यक्रममा जिल्ला अस्पताल सल्लेका प्रमुख डाक्टर सुशिल पोखरेल, डाक्टर  केहल बिक्रम जिसी, पेशागत महासंघ नेपालका राष्ट्रिय समिति सदस्य तथा रुकुम पश्चिम ईन्चार्ज प्रकाश खड्का, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय कार्यसमितिका सदस्य एवं रुकुम पश्चिम ईन्चार्ज जसविर खत्री, कर्णाली प्रदेश कार्यसमितिका सचिव मनोज केसी जिल्ला अध्यक्ष खिम प्रकाश शाह लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार