खीर खाने दिन

बाल रचना

खीर खाने दिन

बाल रचना

असारकाे पन्ध्र पारी दही च्युरा खायौं
साउनकाे खीर खान मामाघर गयाैं ।
साउनकाे पन्ध्र आज मेरा बाबू नानी
भन्नुभयाे माइजूले आज खीर खानी
आगाे फुक्न थाल्नुभयाे माइजूले उता
म नि बसें भान्सा छेउ फुकालेर जुता
बाल्टी बाेकी गाेठतिर जानुभयाे मामा
भकारीकाे मार्सी चामल् झिक्नुभयाे आमा
भकाराेकाे लैनु भैंसी दूध दियाे पाथी
सबै मिली खीर खाँदा हाेला कति जाती ।
कुँडे ल्याऊ नानी यता भन्नुभयाे मामा
पकाउछु खीर अब भन्नुभयाे आमा ।
काजु छाेडा नरिवल चिनी मिलाएर
राख्नुभयाे घिउ आमा हर्पे खनाएर ।
छट् छट् गर्दै पाक्न थाल्याे अँगेनीमा खीर
ध्यान गयाे माइजूकाे अब अचार् तिर ।
काँकरीकाे अचार अनि तामा तरकारी
खीर खायौं मामाघर साउन् पन्ध्र पारी ।
स्कुलकाे बर्खे विदा गर्नुभयाे के के ?
साउन् पन्ध्र खीर खाने कुरा मैले लेखें ।
रामप्रसाद पन्थी
रेसुङ्गा न पा २, गुल्मी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार