विद्यार्थीलाई निःशुल्क पोशाक

विद्यार्थीलाई निःशुल्क पोशाक

मुसिकोट । रुकुम पश्चिमको दुई वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सामुदायिक वन उपभोक्ता समितिले पोशाक उपलब्ध गराएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका १ मा रहेको कैलदेउ सामुदायिक वन उपभोक्ता समितिले स्थानीय दुई वटा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई पोशाक उपलब्ध गराएको हो ।

लक्ष्मी माध्यमिक बिद्यालय र राजापानी आधारभूत बिद्यालयका १२८ जना बालबालिकाहरुलाई पोशाक वितरण गरिएको वन समितिका अध्यक्ष मानसिं बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार लक्ष्मी माविका ९१ जना र राजापुर आविका ३७ जना बिद्यार्थीहरुलाई टिसर्ट, ट्रयाक र सुट उपलब्ध गराईएको हो ।

लक्ष्मी माविमा अध्ययनरत गरिब तथा जेहेन्दार बिद्यार्थी छनौट गरेर पोशाक दिईएको हो भने राजापुर आविका सबै बिद्यार्थीहरुलाई पोशाक उपललब्ध गराईएको हो । अध्यक्ष बुढाथोकीले सामाजिक सेवा कार्य अन्तर्गतको बार्षिक कार्यक्रमबाट एक लाख ४० हजार रुपिँयामा उक्त कार्य गरिएको जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय रुकुम पश्चिम अन्तर्गत मुसीकोट सव डिभिजन वन कार्यालयको समन्वयमा बिद्यार्थीहरुलाई पोशाक बितरण गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार