पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत वितरण

पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत वितरण

मुसिकोट । रुकुम पश्चिममा पहिरोमा परी निधन भएका दुई जनाको परिवारलाई राहत रकम प्रदान गरिएको छ।

बिहिबार जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ मा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई जनही दुई लाखको दरले राहत रकम प्रदान गरिएको हो।

यही साउन १४ गते बाँफिकोट गाउँपालिका वडा नम्बर ७ को पोखरापानी भन्ने स्थानमा घाँस काट्न जाँदा सुख्खा पहिरोमा परेर ज्यान गुमाएका मृतकका  हकदारलाई घरमै पुगेर राहत रकम दिइएको हो । पहिरोमा परेर स्थानीय ४२ वर्षीय धनमाया खत्री र ४८ वर्षीय कालीबहादुर खड्काको मृत्यु भएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकको निर्णयपश्चात् पीडितको घरमै गएर पुगेर राहत रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो ।

प्रति मृतक दुई लाख रुपियाँको दरले दुवै परिवारका नजिकका कानुनी हकदारलाई राहत उपलब्ध गराइएको हो । प्रजिअ पन्तका अनुसार विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड, २०७७ बमोजिम पीडित परिवारलाई उक्त राहत उपलब्ध गराइएको छ ।

राहत रकम हस्तान्तरण कार्यक्रममा बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनक कुमार बाँठा, उपाध्यक्ष तारा बुढा केसी, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिहरु, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार