पाँच खाद्य तथा किराना पसलमा अनुगमन

पाँच खाद्य तथा किराना पसलमा अनुगमन

मुसिकोट । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट बजारमा रहेका मुख्य खाद्य तथा किराना पसल अनुगमन गरिएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको अगुवाई र विभिन्न सरोकारवाला निकायहरुको समन्वयमा मुसिकोट बजार क्षेत्रका पसलहरुमा अनुगमन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार चामलको मौज्जाद के कति रहेको छ र यसको मूल्यमा एकरुपता छ छैन भनेर बुझ्न बजार अनुगमन गरिएको हो । मुसिकोटको बागबजार देखि पातुखोलासम्म रहेका मुख्य पाँच ठुला खाद्य तथा किसाना पसलमा अनुगमन गर्दा दुई हजार २९८ बोरा मात्र चामल स्टक रहेको पाईएको सहायक प्रजिअ बढुवालले बताउनुभयो ।

भारतबाट नेपाल भित्रने चामलमा रोक लगाईएको भन्ने सूचना पश्चात जिल्लामा चामलको कृतिम अभाव सिर्जना हुनसक्ने तथा मूल्यबृद्धि हुनसक्ने भएकोले जिल्लामा चामलको मौज्दात अवस्था बुझ्न बजार अनुगमन गरिएको बताईएको छ ।

अनुगमनका क्रममा खाद्य सामाग्रीहरुको अवस्था, मूल्य सूचि विवरण, व्यवसाय दर्ताको अवस्था अनुगमन गरिएको थियो । सो क्रममा केहि व्यवसायीहरुको मूल्य सूचि नरहेको र केहिमा पुरानै मूल्य सूचि राखिएको, खरिद र बिक्रि बिलको अवस्था सन्तोषजनक अवस्थामा नरहेको पाईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार