जेठ ४ काठमाण्डाै । नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट जिल्लाकाे राजपुर नगरपालिका फरहदवा-९ का ७ जना तथा रौतहटकै इशनाथ नगरपालिका वडा नम्बर ३ का तीन जना पुरुष गरी थप १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
![](https://i0.wp.com/unncdn.prixacdn.net/media/albums/291_vwK7kvvqUW.jpg?w=640&ssl=1)
योसँगै नेपालमा सङ्क्रमितको संख्या २ सय ९१ पुगेको छ ।