खडक खत्री , जेठ ४ बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको छ । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको हो । नरैनापुर–५ नयाँ बस्तीका ती युवक गत वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । मृतक युवकको मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको कारण बताउन सकिने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिनुभएको छ ।
बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका युवकको मृत्यु
![](https://ujelinews.com/wp-content/uploads/2020/05/images.jpeg)