नौं दिनदेखि बेपत्ता एक पुरुषको शव फेला

नौं दिनदेखि बेपत्ता एक पुरुषको शव फेला

मुसिकोट । रूकुम पश्चिमको आठविसकोट नगरपालिका-६ मा एक पुरुषको शव फेला परेको छ।  बिहीबार बिहान फेला परेको शव स्थानीय ४६ वर्षीय आसे बोहराको रहेको प्रहरीले जानकारी दिएको छ।

घर देखि झन्डै ६ सय मिटर जति टाढा झोडेनी भन्ने स्थानमा बोहराको शव फेला परेको हो।

जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले शव नजिकै एक थान भरूवा बन्दुक पनि फेला परेको जानकारी दिनुभयो ।  बोहरा नौं दिनदेखि बेपत्ता थिए। शव सडेको अवस्थामा फेला परेको छ।

प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक कुश्माकर शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले शव फेला पारेको हो भने अहिले ईलाका प्रहरी कार्यालय आठविसकोटबाट प्रहरी निरीक्षक बिक्रम सुवेदीको नेतृत्वमा ६ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरिक्षक मदन जैसीको नेतृत्वमा दुई जनाको प्रहरी टोली घटनास्थल गएको बताईएको छ ।

घटनाको कारण हालसम्म खुल्न नसकेको र अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई रहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार