ए बिहानी

ए बिहानी

जसरी अन्धकार हटाई
उज्यालो लिएर आउँछाै
त्यसरी नै हरेक मन र जीवनमा
सकारात्मक किरण छरेर आउनु
रिसराग, ईर्ष्या र दुस्मनी
टाढै छाडेर आउनु ।
ए बिहानी
तिमी बालापन हाै दिनकाे
हरेक दिनकाे सफलता
तिम्राे भाेगाइमा निर्भर गर्दछ
तिमिले डाेर्याउने बाटाेले नै
गन्तव्यकाे टुंगो लगाउँछ ।
ए बिहानी
तिमी जति सुन्दर छाै
दिन पनि उस्तै सुन्दर बनाउनु
तिमिमा रहेकाे स्वच्छता र शितलता
उसलाई पनि दिनु
तिम्राे उमंग र उर्जा
उसमा पनि भरिदिनु ।
ए बिहानी
तिम्रो सुरूवातसँगै
राम्रो मात्रै सुन्न पाइयोस्
दिनकाे समाप्तिसम्म पनि
तिमिमा जस्तै जाेश जागर
कायम राख्न पाइयोस्
नरिसाउन् काेही नहुन् दुखी
आहा कति राम्रो दिन भन्न पाइयोस् ।
 बद्रीनाथ गैह्रे

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार