चौरजहारी नगरपालिकाको राजस्व संकलनमा बृद्धि

चौरजहारी नगरपालिकाको राजस्व संकलनमा बृद्धि

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको राजस्व संकलनमा बृद्धि भएको छ। गत आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले राजस्वको लक्ष पुरा गरेको छ । नगरपालिकाले गत वर्ष १०४.५० प्रतिशत प्रगति हासिल गरेको छ ।

गत वर्ष नगरपालिकाले २ करोड २२ लाख आन्तरिक राजस्व संकलनको लक्ष राखेकोमा २ करोड ३२ लाख ७ सय ४६ रुपैयाँ राजस्व संकलन भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार यो लक्ष भन्दा १० लाख ७ सय ४६ रुपैयाँ बढी हो ।

त्यस्तै प्रदेश सरकारलाई बुझाउनुपर्ने दहत्तर बहत्तरसहितको विभाज्य कोषमा ४० लाख लक्ष्य तोकिएकोमा ४८ लाख २९ हजार ३८५ राजस्व संकलन गरिएको छ । आन्तरिक राजस्वतर्फ विभाज्य कोष सहित कुल २ करोड ८० लाख ३० हजार १ सय ३१ रुपैयाँ राजस्व संकलन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो ।

नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा १ करोड ८० लाख ४५ हजार १ सय ६३ रुपैयाँ राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७९/०८० मा त्यो भन्दा अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ लाख ५५ हजार ५८३ रकम बढी राजस्व भएको हो । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २८.५७ प्रतिशतले बढी हो ।

नगरपालिकाले व्यापार व्यवसाय दर्ता तथा नवीकरण, नगर वस, घरजग्गा रजिष्ट्रेसन, ढुङ्गा, गिट्टी, वालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन, सेवा शुल्क वापतको रकमबाट राजश्व संक्लन गर्ने गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार