६ क्विन्टल यार्सागुम्बा निकासी

६ क्विन्टल यार्सागुम्बा निकासी

डोल्पाबाट आर्थिक वर्ष २०७९/८० मा छ क्विन्टल यार्सागुम्बा निकासी भएको छ । से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलिगाडका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार आर्थिक वर्ष २०७९/८० मा यार्सा सङ्कलकबाट यार्सापाटनमा प्रवेश गरेबापतको शुल्कबाट ८६ लाख ७७  हजार पाँच सय र २४० केजी यार्सागुम्बाको छोडपुर्जीबाट ७४ लाख ६३ हजार ४७० गरी एक करोड ६१ लाख ४० हजार ९७० रुपियाँ राजस्व उठेको छ ।

डिभिजन वन कार्यालयवाट ३४३ केजी यार्सागुम्बाको छोडपुर्जीबापत एक करोड ६४ लाख ८९५ रुपियाँ उठेको छ ।

कुटिक, पदमचाल, गुच्चीच्याउलगायतका अन्य जडीबुटीको छोडपुर्जीबाट छ लाख ३९ हजार ५५५ सहित गरी कुल एक करोड १२ लाख ८० हजार ४४७ रुपियाँ राजस्व आम्दानी भएको वन अधिकृत महेश कुमाईले जानकारी दिनुभयो ।  सरकारले एक केजी यार्सागुम्बाको राजस्व ३१ हजार रुपियाँ तोकेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार