डायस्पोरा र तस्कर

डायस्पोरा र तस्कर

डायस्पोराको जीवन कहानी
सन्त्रस्त छ
राज्य संयन्त्रबाट पीडित छ
स्वतन्त्रता र स्वत्व हराएको छ
जुठा टपरी झैं
रक्षानमा फालिएको छ
जीवन एकाङकी र विक्षिप्त बन्दैछ ।
पहिचान र परिचय हराएको छ
ऋण र बिलले घर व्यवहार
बिचल्लीमा छ
जीवन प्लास्टिकको
यन्त्र मानव जस्तै छ
गृहविरहले सताउँदै लगेको छ
राजनीतिक अस्थिरताले
झनै पोल्न थालेको छ
मान्छे मान्छे जस्तो छैन
व्यवस्थाको व्यस्थापन कतै अल्झिएको छ ।
तस्कर आफूले यता चोरेर
उता चोर आयो चोर आयो भन्छ
इमान र नैतिकता
खोलामा बगाएर
काण्डहरुमा यस सर भन्दै
रोल नम्बरमा हाजिर लगाउँदै छ
मातिएर आतिएर
निन्याउरो मुख लगाएर
नाङ्गै नाङ्गै
डायस्पोरा अनि तस्कर
घरदेश अनि घरदैलोमै
घुनकिरा जस्तै
थुक्क !
हाकाहाकी घुमिरहेछ
उसलाई आजभोलि
थुकौ भने
जनताकै थुकको
घोर अपमान भैरहेको छ ।
तर पनि
डायस्पोरा तस्कर शैलीमा
काला कर्तुत लुकाउन
दिन रात बबण्डर गरिरहेछ ।

मुकुन्दप्रसाद शर्मा रुकुम (पश्चिम् )
(२०८०/०४/३१)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार