सुधार गृह तोडफोड गरेर भागे बालबालिका

सुधार गृह तोडफोड गरेर भागे बालबालिका

भक्तपुरको सुधार गृहमा तोडफोड त्यहाँभित्र रहेका बालबालिका भागेका छन्। भक्तपुर प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार सोमबार दिउँसो सुधार गृह तोडफोड गरेर डेढ सय जना जति बालबालिका भागेका हुन्।

विभिन्न अपराधमा संलग्न भएका तर उमेर १८ वर्षभन्दा मुनि रहेकाहरूलाई अदालतको आदेशपछि सुधार गृहमा राख्ने गरिन्छ।

‘सुधार गृहमा ३ सय जना जति थिए। तोडफोड गरेर उनीहरू भागेका छन्। तीमध्ये केहीलाई हामीले नियन्त्रणमा लिएका छौं,’ पाठकले भने।

उनीहरूले सुधार गृहभित्र आफूहरूलाई खानपिन, स्वास्थ्य परीक्षण राम्रो नभएको भन्दै तोडफोड गरेका हुन्।

सुधार गृहमा रहेका रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको आइतबार मृत्यु भएपछि त्यहाँ तनाव सुरू भएको थियो। बलात्कार अभियोगमा दोषी ठहर भएका बस्नेत तीन वर्षदेखि सुधार गृहमा थिए।

शनिबार राति बेहोस भएका बस्नेतलाई आइतबार बिहान उपचारका लागि भक्तपुरस्थित नागरिक अस्पताल लगिएको थियो।

अस्पतालले केहीबेरमै मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। उनको शव पोष्टमर्टमको लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार