मुसिकोटमा “हाम्रा कुरा, हाम्रा मुख्यमन्त्री” कार्यक्रमको अन्तरक्रिया

मुसिकोटमा “हाम्रा कुरा, हाम्रा मुख्यमन्त्री” कार्यक्रमको अन्तरक्रिया

मुसिकोट । रुकुम पश्चिममा “हाम्रा कुरा, हाम्रा मुख्यमन्त्री” कार्यक्रमको बिषयमा अन्तरक्रिया भएको छ । कर्णाली प्रदेश सरकारको कार्यक्रम अन्तरगत मुसीकोट नगरपालिकामा सरोकारवालाहरुसँग कार्यक्रमको बारेमा अन्तरक्रिया भएको हो । सहकर्मी नेपालको आयोजनामा नगरपालिकामा रहेका विभिन्न सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको जनाइएको छ।

“हाम्रा कुरा, हाम्रा मुख्यमन्त्री” कार्यक्रम अन्तरगत विभिन्न सरोकारको विषयमा मुख्यमन्त्रीको कार्यालयमा गुनासो राख्न सकिने सहकर्मी नेपालकी फिल्ड अधिकृत माया बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार “हाम्रा कुरा, हाम्रा मुख्यमन्त्री” कार्यक्रमको लागि मोवाई एप, ईमेल र फोन नम्वर पनि रहेका छन् ।

जनसरोकारको विषयमा गुनासो राख्नु पर्यो भने निशल्क नम्वर १०९६, भाईवर, ईमो, र ह्वाट्सएप मार्फत पनि गुनासो राख्न सकिने फिल्ड अधिकृत बोहोराले जानकारी दिनुभयो । त्यस्तै स्मार्ट फोनमा “हाम्रा कुरा, हाम्रा मुख्यमन्त्री” को एप डाउनलोड गरेर त्यहाँबाट पनि गुनासो राख्न सकिन्छ ।

कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसी, निमिक्त प्रमुख प्रशासकीय अधिकृत विनाराम खड्का, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार