रुकुममा बाहिनीपति भलिबल प्रतियोगिता सुरु

रुकुममा बाहिनीपति भलिबल प्रतियोगिता सुरु

मुसिकोट । रुकुम पश्चिममा रहेको चण्डीदल गण सल्लेमा नेपाली सेनाको बाहिनीपति ट्रफि-२०८० भलिबल प्रतियोगिता सुरु भएको छ। श्री नं. १९ बाहिनी अड्डा अन्तरगत रहेका गणका बिचमा भलिवल प्रतियोगिता आयोजना गरिएको हो ।

आजबाट सुरु भएको प्रतियोगितामा चण्डीदल गण रूकुम, बटुक दल गण रोल्पा, सिद्दिबक्स गण सल्यान, बर्दबहादुर गण प्युठान र रणसिंह दल गण दाङले सहभागिता जनाएको चण्डीदल गण सल्लेका गणपति बरूण केसी खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता पश्चात छनौटमा परेका खेलाडीको टिमले श्री नं. १९ बाहिनीको प्रतिनिधित्व गर्दै पृतना ट्रफिका लागी प्रतियोगितामा भाग लिने छन् ।

आगामी बिहिबारसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, चण्डीदल गणका गणपति बरुण केसी खत्री, प्रहरी नायब उपरिक्षक नमराज भट्टराई, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाल, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, सैनिक अधिकृत लगायतको सहभागिता रहेको थियो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार