रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ ,गुल्मी
जाेत्नुभयाे बाले हलाे मैले मकै छरें
पाेली खान हुन्छ भनी गाेडमेल गरें ।
भदौ लाग्यो मकै खाने बेला भयाे भनी
बाबाआमा बारी जाँदा गयाैं हामी पनि ।
हेर्दा हेर्दै बाँदरले हुल बाँधी आयाे
हाम्ले खाने मकैलाई बाँदरले खायाे ।
सँगै थियाे भाेटे कुकुर् भुक्दै खेद्न थाल्याे
खेदेपछि कुकुरले बाँदर भागी हाल्याे ।
उडी आए कागहरू घुँगामाथि बसे
मैले ताकें गुलेलीले काग टाप कसे ।
हेर बाबु मुसाले नि खाएछ है मकै
भन्नुभयाे आमाले नि पार्ने भए भाेकै ।
चाैघडा र बँदेलकाे पनि राज यहीं
पशुपन्छी चाैपायाले राखेनन् है केही ।
दिन रात झरी लाग्छ केही मकै ढले
अलि अलि फलेका यी कुहिएर गले ।
जाेगाएर कसाे गरी खाने हाेला अन्न
दुःख रैछ भन्ने बुझें किसानी याे बन्न ।
२०८०।०५।०७