आत्म कथा : अझै निदाएकाे छैन (म)

आत्म कथा : अझै निदाएकाे छैन (म)

चिन्ताराम शर्मा

म जन्मेकाे धेरै भइसक्याे अबत बृद्द नै भन्छन यस्तै साेच्दै साेच्दै थाके, सिमसिम पानी परिरहेकाे छ साउनकाे रात चुक पाेखेझै देखिन्छ , झ्याल खुलै छ तर हावा खेलेकाे छैन आफैलाइ उकुसमुकुस भै रहेकाे छ निदाउन धेरै काेशिस गर्छु तर निद्रा कताहाे मेराे आसपासमै छैन म फेरि आखा चिम्म गर्छु भद भद गर्छन काेल्टाे फेर्छु बिछेउनले काेरछ मात्रै म फेरि ओड्ने च्याप्छु, छ्याप छ्यप्ती मात्र बनाउ्छु अबत झन मेराे जन्म ,ईतिहास, प्राचीन, मध्य र आधुनिक कालभित्र त्यसैगरि धामी अक्षता, डाक्टरले एक्सरे चेक गरेझैं गर्न थाल्छु । म जन्मेकाे धेरै बर्ष भैसक्याे म सधै सन्तानकै बारेमा साेच्छु , नसाेचु भन्दा पनि आमाकाे मन कहाँ चाेक्चिदाे रहेछर धन्य माता । दिन हैन बर्ष हैन सताब्दि धेरै बिते तैपनि म काे हु , के हु , मेराे जन्म किन र कसरी भयाे म काे हु झन घाेत्लन थाल्छु अब मेराे ओड्ने मुख देखि टाडा फा्ल्छु अनि म मेराे सबै परिचय खाेज्न सुरु गर्छु अबत झन निद्राबाट टाडा भएकाे महसुस गर्छु झन साेच्न बाध्य हुन्छु भाे-भाे बिर्सु भन्छु तर मनले मान्दैन मेराे कथाबेथा कसैलाइ नसुनाउ, बाहिर नल्याँउ भन्छु तर निद्राकाे बियाेगले छटपटिएर याे मनले मान्दैन फेरि कल्पनामै बग्छु। धन्य हाे मेराे जन्म, मेराे कल्पना तैपनि म सकारात्मक बन्छु। भाे भाे फेरि सबै कुरा बिर्सेर निदाउन प्रयास गर्छु तर हालत पहिले झै यथावत , के गरु काेल्टन्छु फेरि उस्तै हालत बाहिर परेकाे पानीझैं मेराे भावना र कल्पन फेरि बर्षना थाल्छन, अँ के म उहीँ भारत र चिनकाे बिचमा अबस्थित एशिया महादेशमा पर्ने नेपाल नामले चिनिने देश हु, मलाइ बल्ल हाेस खुल्छ खै किन किन म बेहाेस भै रहन्छु कुनै बेला म बाइसे, चाैबिसे राज्यमा बाडिएकाे थिए आफ्नै रिति,थितीमा थिए । अलि पछि गाेर्खा नामले अलिकति बिस्तारित भए म आफ्नै स्वभाव, बानी बेहाेराकाे थिए समय बित्दै गयाे म अलि ठूलाे हुँदै गए। द्र्ब्यशाह, पृथ्वी नारायण शाह, बहादुर शाहकाे नेतृत्वमा झन फैलिन सुरुवात गरे। मेराे पूर्ब , पश्चिम सिमा बिस्तार हुँदै गयाे म खुशि हुन थाले, हिमाल ,पहाड, तराइ,भूमी समेटिएकाे, बन जंगल, नदी नाला झरना ताल तलैया , कस्तुरी मृग, डाफे मूनाल, झारल, चितल, हात्ती गैंडा उपत्यका, भित्रीमदेश, सर्बाेच् शिखर सगरमाथा अरुण उपत्यका, रारा, फेवा फाेक्सन्डाे जस्ता ताल र गाैतम बुद्द, सीता भृकुटी, जनक जन्म स्थलकाे नाताले म परी झै सीगारिए। मुनि, तपशिलकाे म कृडास्थल भए। चिसाे, ताताे उष्ण, अर्ध उष्ण हावा पानीले र प्राकृतिक साैन्दर्यताले म स्वर्गकी परीकाे उपमाले चिनिन थाले अनि त मसंग खुसीकाे सिमा थिएन। अमरसिंह थापा, भक्तीथापा, वीर बलभद्र कवर जस्ता तमाम मेरा सन्ततीकाे जन्मले म असल सन्ततीकाे आमा भएकाेमा तिनफाल माथी उफ्रन्थे आफूलाइ धैरै भाग्यमानी आमा सैझेर मख्ख थिए हुन पनि किन नहुनु आधुनिक हात हतियारकाे दुश्मनी जस्ता साम्रराज्यहरुसंग बृद्द, युबा, बालक सुत्केरीले ढुंगा, भाला, खुकुरीले मात्रै दुश्मणलाइ थै थै पारेर मेराे इज्जत थामेर मलाइ बचाइ राखेका थिए कहिले पनि मलाई बिस्तारबादकाे उपनिबेश बनाएनन धन्य मेरा सन्तती ।

म पृथ्बीकाे उत्तर पूर्बी गाेलार्दमा चीन र भारतकाे बिचमा इटा आकारमा २६ डिग्री २२ मिनट उत्तरी अक्षंश देखि ३० डिग्री २७ मिनट उत्तरी अक्षंशसम्म र ८० डिग्र ४ मिनेट ८८ डिग्री १२ मिनट पूर्वी देशान्देतरमा अबस्थित छु कुल क्षेत्रफल १४७६४१ बर्ग कि मि छु सुगाैली सन्धी अघी कुल क्षेत्रफल २०४५५१६ थिए। हाल बिश्वकाे कुल क्षेत्रफलकाे ०.०३% र एशिया महादेशकाे ०.३% छ। कुनैबेला म पश्चिममा काँकडा र पूर्वमा टिस्टासम्म थिए तर दुर्भाग्य खुम्चने परिस्थिती सृजना भयाे । सर्बाेच्च शिखर सगरमाथा, गहिराे उपत्यका अरूण, गहिराे गल्छी काली गण्डकी र विश्वका अग्ला हिमाल १४ मभ्य ८ हजार मिटर भन्दा अग्ला हिमाल ८ वटा मसंगै छन। पबित्र भूमि,धेरै उनकाे उत्पादन भूमि, ने नाम गरेकाे मुनीले संरक्षण गरेकाे कारण आदिले म नेपाल भएकाे मत छ । सत्य युगमा सत्यवती, त्रेता युगममा तपाेवन, द्वापर युगमा मुक्तीसाेपान र कली युगमा नेपाल भनेर मलाइ चिन्छन। म साच्चिकै स्वर्गकी परी छु, म बिश्वमा अनेक बिबिधताले सिंगारियकी छु। जलस्राेतकाे पनि बिश्वमा देास्राे छु। आफ्नाे चर्चा परिचर्चा गर्दा झनै पछि परिन्छ भनेझै म आफ्नाे बयान कति गरू । नेपाल टुक्रा टुक्रामा बाँडिएकाे थियाे यहाँ धेरै बंशका राजा रजाैटाले राज्य गरेका थिए तैपनि लामाे अबधी राज्य संचालन गर्ने किरात, लिच्छबी, मल्ल र शाह बंश हुन । म बहादुर, नैतिकबान विधि र थितीले चल्ने जन्मभूमि र कर्मभूमि हु मलाइ बिदेशी बिस्तारबादीले आखाँ लगाइ रहेका थिय त्यहि बेला गाेर्खाका राजा पृथ्वीनारायण शाहले विशाल नेपालकाे कल्पना गरि एकिकरणकाे अभियान सुरुवात गरे। एकिकरणकाे अभियानमै उनले बि सं १८०१ मा नुवाकाेट, १८२२ मा कृतीपुर, १८२५ मा काठमाण्डाै राज्य बिजय गरेर एकिकरण अभियानकाे सपना साकार गरे । उनकाे मृत्यू पछि बहादुर शाह, राजेन्द्रलक्ष्मीकाे नायबी कालमा अझै एकिकरणले सार्थकता पायाे म पनि खुशीले मख्ख परे अब पराइकाे हात पर्नबाट बचे भनेर। तर बिडम्पना तत्कालिन राजाले धेरै श्रीमती बिहेगर्ने, रानीहरुले आफ्नाे गुट सृजना गर्ने भारदारहरुबिच पनि विभिन्न गुट सृजना हुने भएकाेले अस्थिरताकाे बाताबरणकाे सुरुवात भयाे । माधवरसिह थापाकाे हत्यापछि, बि सं १९०३ असाेजमा भारदारहरूलाई काेतमा बाेलाइ हत्या गरेर जंगबहादुर राणले राणा शासनकाे सुरुवात गरे। कालान्तरमा दरबारमा, राणाहरुकाे गुट उपगुट सृजना भै अनेक घटनाक्रमकाे अबस्था रह्याे राणाहरु नै सर्बे सर्बा भएर जहानीया, एकतन्त्रीय शाषण पद्दती सुरु भयाे र १०४ बर्ष सम्म यहि शासन रह्यो। मेरा सन्तानमा भएकाे अन्याय अत्याचार र हुकुमी शाषणले म सधै चिन्तामा डुबे मैले र मेरा सन्तानकाे मुक्तीका लागि सधै पशुपति नाथलाइ प्रार्थना गरि रहे । यसैबिचमा नेपाल प्रजा परिषद, हुँदै नेपाली कांग्रेस, कम्यूनिस्ट पार्टी हरुकाे जन्म भयाे जनतालाइ राणा बिराेधका लागि ससक्त बनाउने काम भयाे जनता ,राजा, नेपाली कांग्रेसकाे नेतृत्वमा राणा शासन अन्तका लागि आन्दाेलन अगाडि बढ्याे।

यसैबिचमा नेपाल प्रजा परिषद, हुँदै नेपाली कांग्रेस, कम्यूनीस्ट पार्टी हरुकाे जन्म भयाे जनतालाइ राण बिराेधका लागि ससक्त बनाउने काम भयाे जनता ,राजा , नेपाली कांग्रेसकाे नेतृत्वमा राणा शासन अन्तका लागि आन्दाेलन सुरु भयाे अन्तमा राजा त्रिभुवन भारतीय राजदुताबास गए । जनताकाे आन्दोलन अगाडि केही नलागेर राणाले जनतासामु घुडा टेके परिस्थिती रानैतिक बदलियाे राजा, राणा र राजनैतिक पार्टी बिच दिल्ली सम्झाैता भयाे र राजा त्रिभुवन स-परिवार नेपाल फर्किय, २००७ साल फागुन ७ गते प्रजातन्त्र घाेषण भयाे उता चिन २००६ ,भारत सन १९४७ मा स्वतन्त्र भैसकेका थिय अब नेपालमा पनि प्रजातनत्रकाे घाेषण भयाे । यश अवधिमा आम निर्बाचनकाे वातावरण बन्न सकेन मन्त्रीपरिषद फेरबदल भैराख्यो।माेहन शम्शेर, टंकप्रसाद, मातृका प्रसाद, के आई सिह प्रधानमन्त्री बने खासै याेगदान रहन सकेन । बि सं २०१५ फागुन ७ गते देखि २०१५ चैत्र २१ गते पहिलाे आम निर्वाचन सम्पन्न भयाे जसबाट प्रथम जन निर्बाचित प्रधानमन्त्री बिशेश्वर प्रसाद काेइराला भए र नेपाली कांग्रेसकाे सरकार बन्याे। मैले अब केही सकारात्मक काम हुन्छन म र मेरा सन्तानले उपलब्धी पाउँछन् भन्ने आशामा रहे। तर बिडम्बना राजा महेन्द्रले जन निर्बाचित सरकार अपदस्त गरेर २०१७ पाैष १ गते निर्दलीय पञ्चायती ब्यबस्थाकाे घाेषण गरि २०१७ साल पाैष २२ गतेदेखि पञ्चायती ब्यबस्था सुरु गरि शाषण सत्ता समाले। २०१९ सालमा संविधान निर्माण गरि यसैबिचमा भूमिसुधार, गाउँफर्क राष्ट्रिय अभियान, मुलुकी ऐनका कुराहरु आए तर म र मेरा सन्तानकाे अबस्थामा कुनै फरककाे अनुभूति भएन । जतातै पञ्चायतकाे बिराेध भै भूसकाे आगाेझै दन्किन रहेकाे थियाे। बीस २०३६ मा जनमत संग्रह घाेषण गरियाे जनताकाे चाहना हुदाहुदै बहुदलीय ब्यबस्था हराइ पञ्चायति ब्यबस्थालाइ जिताइयाे । तैपनि मेराे झिनाे आशा पलायाे अब केही राम्राे हाेला भनेर, तर उस्तै उस्तैझनै अस्थिरता, र क्रुरुर शाषण साबित बन्याे जनता राजनैतिक पार्टी पञ्चायतकाे बिरुद्द आन्दाेलनमा सरिक भए २०४६ सालमा नेपाली कांग्रेस र बाममाेर्चाकाे सक्रियतामा देशमा आन्दाेलन भयाे अन्तमा राजा बीरेन्द्रबाट बहुदलीय ब्यबस्थाकाे घोषण भयाे। अब मैले सकारात्मक परिबर्तनका लागि ठूलाे स्वास लिए। २०४६ देखि २०६३ सम्म यस्तै सरकार परिबर्तन, मध्याबदी निर्बाचन यस्तै रह्याे नारा र कुराकाे खुराक मात्र सबैले खुवाए हामी पनि तेहि खायाैं के भयाे केहि भन्ननै सकिन्न भाेली अलि हाेला भन्दै आशा गर्नु सिवाय केही भएन । यसै समयमा नेकपा माओबादीले शशस्त्र जनयुद्द सञ्चालन गर्यो जसले झन सबैलाइ थुरथुरिकाे अबस्था आयाे सर्बसाधारण झन दाेहराे चपेटामा पिल्सिए। मैरै छातीमा धेरै रगत बग्याे दिनहु रुनबाहेक बिकल्प थिएन। २०६२/०६३ मा जनआन्दाेलन भयाे यसमा माओबादी लगायत सबै राजनैतिक दलकाे सहभागिता थियाे १९ दिनकाे जनआन्दाेलन पछि राजा ज्ञानेन्द्रले घुडा टेके जनताकाे जित भयाे गणतन्त्रकाे घोषण भयाे संविधान सभाकाे निर्बाचन भयाे ताेकिएकाे समयमा संविधान बन्न नसकेपछि पुन अर्काे संविधान सभाकाे निर्बाचन भयाे २०७२ साल असाेज ३ गते जनताका प्रतिनिधीले तयार गरेकाे संविधान लागू भयाे देशमा संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक ब्यबस्था लागु भयाे अनि म धेरै खुशी भए अब यहाँ ठूलाे सकारात्मक परिबर्तन हुनेछ देशका सबैनागरिक समान हुनेछन, सबै राेजगार, उत्पादनमा जाेडिनेछन मेराे बिदेशीबाट चेपियकाे छाती छुट्नेछ सबै सन्तती यहि बसी आफ्नाे र आमाकाे शीर उच्च राखि रम्नेछन र सबै एक हुन थाले, खुशीले चन्द्रमा छुन थाल्याे नेपाली मेरा सन्तान म उनैकाे जननी भनेर छाती ठाेक्न थाले ।

तर केहाे के म ताक्छु मूडाे बन्चराे ताग्छ घुडाे भनेझै कुरा र नारा कति हाे कति काम र परिबर्तनले गति नलिएकाे सत्य हाे झनै काण्डै काण्ड, बढि भ्रस्टाचार, बेथिती, कलह, दाेस सत्ताकै खाेजी,एकले अर्काकाे बिराेध, आफन्तबाद, कमाउ धन्दाले मात्र स्थान पायाे । नेपाली युवाशक्ती बिदेश , गलत कुरा पनि साचाे यसरी बिसंगती र बिकृतीले देशै आछु आछु अनि मलाई कसरी निद्रा आवस म जननी हु कसरी बाचु याे कसले बुझिदिने, म संगसंगै स्वतन्त्र भएका साथी कति माथी गैसके म कसरी नेपाली हुँ नेपालीकी जननी हुँ भनेर उठु। साेचाइकाे तरङ्गमा अझै थकित किन मलाइ निद्रा आएन। नागरिककाे दाेष के पाे छ र नीतिमा सबैभन्दा राम्राे राजनीति हाे किनकी नीतिकाे राजा राजनिति हाे तेसैले राजनीती गर्नेहरू आफू, दल, पद भन्दा माथी उठेर मेराे जन्मभूमि, मेरा देशका नागरिक भनेर केही जनतामा प्रत्यक्ष प्रभाब रहने काम गर्ने हाेकी ? यहाँ सबैले राष्ट्रले के दियाे भन्दा पनि मैले राष्ट्रलाइ के दिए भनेर साेच्ने हाेकी, अब धेरै उल्टा पाल्टा कुरा नगरेरै देशकाे कसम खाएर सकारात्मक काममा कसिनेपाे हाेकी। आज बलत्कार, सुन तस्करी, घाेटालाकाण्ड, मेराे नाता, सत्ता, मेराे काम र कुरा साेरै आना ठिक , मेराे पार्टी, हस्केनेनाकाे पार्टी भन्न छाेड्ने हाेकी, निश्चित याेजना, दुरदृष्टी राखेर राजनेता बन्ने मार्गमा लागे उत्तम हुने हाेकी, मेरा र हाम्रा दिन गफ र गलत जुहारीमा मात्र गए भनेर काममा जुट्ने हाेकी नाति, पनातीकाे लागि साेच्ने हाेकी नत्र त्यसबेला नाति, पनाति पुस्ताबाट कस्ताे आशिक, प्रसंशा लिने हाे बेलामै हाेस आउदा नेता, जनता, जननीकाे भलाइ हुने हाे यसैमा जुटाैं। मलाइ अरूकाे आमाकाे सन्तुष्टि देखेर तिनका सन्ततीकाे खुसी देखेर यहाकाे अभाब देखेर छाती छिया छिया हुन्छ सक्छाै गर नसके याे जिम्मा अरूलाइ देउ एक पटक आमाकाे पुकार सुन केही गर आमालाइ लत्याएर नहिड कर्तब्य पूरा गर जसबाट तिम्रा सबै साथी खुसी हुनेछन र न्यायिक उन्नतीमा तिम्राे आमा खुशी भै सदा भलाईकाे आशिष दिनेछन। सबै मिलेर मलाइ छुटाउ म बिदेशीबाट जतातै सिमामा टेकिएकी छु, अझै कालापानी , लिम्पियाधुरा चेपिएका छन। मलाइ बिदेशीकाे खेलमैदान नबनाउ म कहिले परतन्त्र भएन ईतिहास खाेज ।नेपाल र नेपालीकाे सुन्दर ईतिहास रच ,जसले भाबिपुस्ताले तिमीलाइ पुज्नेछ र तिम्राे ईतिहास सुनाैला अक्षरले लेखिने छ अनि पाे तिमीहरु नेतामात्र हाेईन राजनेता हुनेछौ । आजैबाट सकारात्मक भावनाले  अघि बढ, नेपाल आमा र नेपालीकाे भलाई छ ब्यक्तीगत स्वार्थ त्याग सामुहिक स्वार्थमा लाग निस्वार्थले नै  बिश्वकाे सामु पुग्ने छाैं। अझै मलाइ निद्रा आएकाे छैन , निदाएकाे छैन (म)।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार