बर्दबहादुर गणले जित्यो बाहिनीपति भलिबलको उपाधि

बर्दबहादुर गणले जित्यो बाहिनीपति भलिबलको उपाधि

मुसिकोट । चण्डीदल गण रुकुम पश्चिममा भदौ ४ गतेदेखि सञ्चालन भएको नेपाली सेनाको १९ नम्बर बाहिनीपति भलिबलको ट्रफि बर्दबहादुर गण प्युठानले जितेको छ ।

बिहिबार भएको फाइनलमा बटुक दल गण रोल्पालाई ३-० को सोझो सेटमा पराजित गर्दै बर्दबहादुरले ट्रफि जितेको चण्डीदल गण सल्लेका गणपति बरूण केसी खत्रीले जानकारी दिनुभयो ।

भलिबल फाइनलमा बर्दबहादुर गण प्यूठानले रोल्पाको बटुक दल गणसँग खेलेको थियो ।

बर्दबहादुर गणले २५-२१, २५-२३ र २६-२४ को सोझो सेटमा बटुक दल गण  रोल्पालाई हराएको हो । प्रतियाेगितामा रणसिंह दल गण दाङ तेस्राे भएकाे छ ।

प्रतियोगितामा चण्डी दल गण रूकुम पश्चिमका साथै सिद्धिबक्स गण सल्यान, बर्दबहादुर गण प्यूठान, बटुक दल गण रोल्पा र रणसिंह दल गण रोल्पा गरी ५ टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताबाट छानिएका खेलाडीको टिमले १९ नम्बर बाहिनीको प्रतिनिधित्व गर्दै पृतना ट्रफीका लागि प्रतियोगितामा भाग लिने जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार