पण्डित दर्शनका नीच अनुचरहरू……….

पण्डित दर्शनका नीच अनुचरहरू……….

  • गणेश चिन्तन

पण्डित दर्शनका

नीच अनुचरहरू

हिजोआज

धरानमा उभिएर

अरूको आस्थामाथि

धावा बोल्दै

साम्प्रदायिकताको

ढोल बजाउन

लागिरहेका छन् ।।१।।

पण्डित दर्शनका

मतिभ्रष्ट अनुचरहरू

हिजोआज

धरानमा साउती मार्दै

अरूको निष्ठामाथि

मजाक उडाउँदै

साम्प्रदायिकताको

आगो बाल्न

तम्सिरहेका छन् ।।२।।

पण्डित दर्शनका

घृणित अनुचरहरू

हिजोआज

धरान उचालेर

अरूको विश्वमामाथि

विद्देष फैलाउँदै

साम्प्रदायिकताको

विषवमन गर्न

लागिरहेका छन् ।।३।।

पण्डित दर्शनका

तुच्छ दुर्वासीहरू

हिजोआज

धरानमा टेकेर

अरूको समर्पणमाथि

विष्ठा छर्दै

साम्प्रदायिकताको

कुइगन्धे दलिल

पेश गरिरहेका छन् ।।४।।

पण्डित दर्शनका

रद्दी धुपौरेहरू !

आर्य नश्लियताको

शासनको आडमा

साम्प्रदायिकताको

आगो झोसेर

देशलाई

खारानी बनाउन त

सकौला तर ,

त्यो लडाइ तिमीहरू

कहिल्यै जित्ने छैनौ ।।५।।

०८० भाद्र ०८ , रूकुम पश्चिम ।।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार