जन्मदर्ता गराउँदा अण्डा उपहार

जन्मदर्ता गराउँदा अण्डा उपहार

मुसिकोट । जन्मदर्ता प्रभावकारी बनाउन रुकुम पश्चिमको एक वडा कार्यालयले जन्मदर्ता गर्न आएमा बच्चाको आमालाई अण्डा उपहार दिने भएको छ । समयमै जन्मदर्ता गराउने सेवाग्राहीलाई बाँफिकोट गाउँपालिका वडा नम्वर २ ले अण्डा उपहार दिने निर्णय गरेको हो ।

यहीँ भदौ ६ गते बसेकाे वडाकाे बैठकले सोहि दिनबाट लागु हुने गरि पोषण चिनो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बच्चा जन्मेको ३० दिन भित्र वडा कार्यालयमा आएर बच्चाको जन्मदर्ता गरेमा सुत्केरी आमालाई एक क्यारेटल अण्डा उपहार दिईनेछ । वडा अध्यक्षको पोषण चिनो कार्यक्रम अन्तर्गत प्रत्येक सुत्केरी आमालाई एक क्यारेट अण्डा दिने गरि वडाको समपुरक कोषवाट पचास हजार समेत बिनियोजन गरिएको छ ।

यसका साथै उक्त समयमा जन्मदर्ता पनि निशुल्क हुने वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो । यो निर्णयले व्यक्तिगत घटना दर्ता र सुत्केरी आमालाई पोषणमा थोरै भएपनि टेवा पुग्ने बिश्वास लिईएको वडा अध्यक्ष खत्रीको भनाई छ ।

अब वडा कार्यालयमा समयमै जन्मदर्ता गराउनेलाइ जन्मदर्ता प्रमाणपत्रसँगै अण्डा पनि उपहारको रुपमा दिइने बताउनुभयो ।

यस्तै बालबालिका र सुत्केरी आमाको पोषणमा ध्यान दिन समेत वडा कार्यालयले अनुरोध गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार