सेनाको हेलिकोप्टरबाट सुत्केरीको उद्धार

सेनाको हेलिकोप्टरबाट सुत्केरीको उद्धार

मुसिकोट । जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा सुत्केरी भएकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ।

जिल्लाको बाँफिकोट गाउँपालिका ९ झुला की १९ वर्षीया गिता परियारलाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि शनिबार बिहान नेपाली सेनाको एनए–०६१ नम्बरको हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

शुक्रबार जिल्ला अस्पताल सल्लेमा उनले शिशुलाई जन्म दिएकी थिइन्। सुत्केरी पछि परियारलाई रक्तस्राव भएको अस्पतालले जनाएको छ ।

रक्तस्राव नरोकिएपछि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको पहलमा ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत उपचारको लागि सुत्केरी र शिशुलाई सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । अहिले गिताको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार