जन्मदिनको अवसरमा बिद्यार्थीलाई छात्रबृत्ति प्रदान

जन्मदिनको अवसरमा बिद्यार्थीलाई छात्रबृत्ति प्रदान

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ का वडा सदस्य सन्तोस ओलीले आफ्नो जन्मदिन सामाजिक कार्यमा लगानी गरेर मनाउनुभएको छ ।

मंगलबार वडा सदस्य ओलीले आफ्नो जन्मदिनको अवसरमा त्रिवेणी गाउँपालिका ९ मा रहेको हिमालय जनता माध्यमिक बिद्यालयमा  अध्यनरत दुई जना शारीरिक अपाङगता भएका बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्नुभएको हो ।

बिद्यालयका अनुसार गत वर्ष जन्मदिनकै अवसरमा ओलीले बिद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको थियो । सोहि कोषको लाभांस तथा ब्याज रकमले यस वर्ष दुई जना बिद्यार्थीलाई छात्रबृति दिईएको हो ।

यसपटक कक्षा ८ मा अध्ययनरत छात्रा यामराज केसी र कक्षा १ मा अध्ययनरत छात्रा सुशिला बस्नेतलाई छात्रबृतिका लागि छनौट गरेर आजै शैक्षिक सामाग्री उपलब्ध गराईएको हो । गरिव परिवारका जेहेन्दार बिद्यार्थीलाई कापी कलम दिईएको हो ।

जन्मदिनलाई फजुल खर्च गरेर मनाउनुभन्दा आफू पढेको बिद्यालयमा अक्षयकोष स्थापना गरेर मनाउन थालेको सन्तोषले बताउनुभयो । ओलीले गत वर्ष आफ्नो जन्मदिनको अवसरमा ११ हजार १ सय १ रुपैयाँको शुभारम्भ अक्षयकोष स्थापना गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार