श्रीकृष्ण महिमा (बाल रचना )

श्रीकृष्ण महिमा (बाल रचना )

✍️ रामप्रसाद पन्थी
रेसुङगा न पा २ गुल्मी
कृष्णकाे कथा महिमा के छ भन्नुभाे बाबाले
दिएर ध्यान कृष्णकाे ज्ञान लिएँ नि मजाले ।

जन्मिए कृष्ण मथुरा धाम अष्टमी तिथिमा
हिडाए जन कराडाैं मन धर्मकाे नीतिमा ।

द्वापर युग यादव कुल मानव चाेलामा
विष्णुले जन्म लिएका थिए देवकी गर्भमा ।

विष्णुकाे आठाैं स्वरूप कृष्ण धर्मका रक्षक
आसुरी शक्ति मेटाए सब धर्मका भक्षक ।

कृष्णकाे हात मारिने थियाे कंशकाे भविश्य
मर्दछु भन्ने मनमा थियाे कंशमा अवश्य ।

बैनी र ज्वाइँ जेलमा हाल्याे मृत्युकाे डरले
जन्मिए जति बुझाए शिशु कंशकाे करैले ।

जेलैमा कृष्ण जन्मिए राति सुरक्षा घेरामा
निदाए सेना परे ती सबै शक्तिका फेरामा ।

लगियाे राति सुटुक्क कृष्ण नन्दकाे घरमा
पालिए कृष्ण यशाेधा अनि नन्दका भरमा ।

पाएन पत्ताे कंशले कृष्ण साटिए भनेर
तर्सियाे कंश आकाश वाणी गर्जन सुनेर ।

मार्दछु कृष्ण भनेर कंश जति नै गरे नि
खटायाे कंश असुर सबै कृष्णले मारे नि ।

कृष्णकाे हात पुतना मरी कंश नि मारियाे
धर्मकाे रक्षा कृष्णले गरे सम्मान गरियाे ।

ज्ञान र कर्म भक्तिकाे मार्ग कृष्णले सिकाए
करूणा मैत्री मुक्तिकाे मार्ग कृष्णले देखाए ।

कृष्णकाे कथा महिमा धेरै रहेछ बुझियाे
कृष्णकाे नाम भजेर खुब पूजा नि गरियाे ।

जय श्री कृष्ण

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार