तथ्यहिन समाचार सम्प्रेषण नगर्न सभापति पुनको आग्रह

तथ्यहिन समाचार सम्प्रेषण नगर्न सभापति पुनको आग्रह

स्वर्गद्वारी (प्युठान) । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मिडियाले सत्यतथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ । प्युठानको स्वर्गद्वारीमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको विस्तारित वैठकलाई सम्बोधन गर्दै सभापति पुनले भ्रम सिर्जना गर्ने गरी तथ्यहिन समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो । जिम्मेवार पत्रकारिताले राजनीतिलाई सही ट्रयाकमा हिंड्न सहयोग पुग्ने पुनको भनाई छ ।
उहाँले पार्टी र प्रेस युनियनबीच नङ र मासुको सम्बन्ध रहनुपर्ने भन्दै एकले अर्कोलाई भरथेग गर्नुपर्नेमा जोड दिनुभयो । सभापति पुनले लुम्बिनीमा पार्टीले प्रेस युनियनसंग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । सबै जिल्लामा परिपत्र गरेर युनियनसंग समन्वय गरी अगाडि बढ्न निर्देशन दिने पुनको भनाई छ । उहाँले पार्टीलाई मिडियामैत्री बनाउँदै अगाडि बढ्न पर्यत्न गरिरहेको भन्दै प्रदेश र सबै जिल्लाहरुमा प्रेस सल्लाहकार राख्ने बताउनुभयो । कांग्रेस बाँकेले प्रेस सल्लाहकार राखेर राम्रो कामको सुरुवात गरेको पुनको भनाई छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिले पनि युनियनसंग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै पुनले पार्टीले यसमा भूमिका खेल्ने बताउनुभयो ।
विस्तारित वैठकलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य अमर भण्डारी, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष माधव अर्याल, नेपाल पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष शुक्रऋषि चौलागाईं लगायतले सम्बोधन गर्दै पार्टी र युनियनबीच समन्वयकारी भूमिका हुनुपर्नेमा जोड दिनुभयो । वैठकमा युनियनका सबै जिल्ला अध्यक्षहरुले पार्टी र युनियनबीचको अन्तरसम्बन्ध, पार्टीसंगको अपेक्षा र विद्यमान ग्यापका विषयमा बोलेका थिए ।
वैठकको अध्यक्षता गर्नुभएका नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमले लुम्बिनीमा युनियनलाई पार्टीसंग जोड्दै समन्वय र सहकार्यका लागि काम गर्ने बताउनुभयो । प्युठान शाखा अध्यक्ष मधुसुदन भण्डारीले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको वैठकको संचालन लुम्बिनी प्रदेश महासचिव नवीन गिरीले गर्नुभएको थियो । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको आयोजनामा दुई दिने प्रदेश भेला शुक्रबारदेखि स्वर्गद्वारीमा सुरु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार