अख्तियारको टोलीमाथि आक्रमण गर्ने पक्राउ

अख्तियारको टोलीमाथि आक्रमण गर्ने पक्राउ

अनुगमनका क्रममा जाजरकोट पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भेरी नगरपालिका–५ को निर्माणाधीन वडा कार्यालयको भवन अनुगमन गर्न पुगेको अख्तियारको टोलीसँग नापजाँचको कुरा नमिल्दा स्थानीय युवाहरुले आक्रमण गरेका हुन् । घटनामा संलग्न सोही ठाउँका २४ वर्षीय वीरेन्द्र चन्द, किरण शाही, चक्रबहादुर मल्ललाई पक्राउ गरिएको छ ।

आक्रमणबाट अख्तियार कार्यालय सुर्खेतका सवारी चालक वीरेन्द्रनगर-११ का मानबहादुर ठाडामगर घाइते भएका छन् । उनको हाल स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी विष्णु न्यौपानेका अुनसार भवन निर्माणमा अनियमितता भएको विषयमा अख्तियारको टोलीले आवश्यक कागजातहरू जाँच गरिरहेको अवस्थामा एक्कासी आक्रमण भएको बताए । उनले मदिरा सेवन गरेर आएका टोलीले हातपात गरेको बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार