चौरजहारीको भ्याली पब्लिक स्कुलका प्रिन्सीपल र संचालक पक्राउ

चौरजहारीको भ्याली पब्लिक स्कुलका प्रिन्सीपल र संचालक पक्राउ

चौरजहारी नगरपालिका १ मा रहेको भ्याली पब्लिक स्कुल ।

मुसिकाेट । आत्महत्या दुरुत्साहन मुद्धामा रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ मा सञ्चालित भ्यालि पब्लिक स्कुलका प्रिन्सीपल र संचालकलाई प्रहरीले पक्राउ गरेको छ । आईतबार प्रहरीले प्रिन्सीपल पुष्पा भाट र संचालक युडेन भण्डारीलाई पक्राउ गरेको हो ।

सोहि बिद्यालयको कक्षा ८ मा अध्ययनरत १३ वर्षिया छात्रा सृष्टि गौतमको आत्महत्या दुरुत्साहन मुद्धामा उहाँहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

भदौ २२ गते शुक्रबारका दिन छात्रा गौतमलाई बिद्यालयमा प्रिन्सीपल भाटले सञ्चालक भण्डारीको कुटपिट गरेको पीडित परिवारको आरोप छ । बिद्यालयमा कुटिएकी छात्राले घरमा आएर बिद्यालय पोशाकमै झुण्डिएर आत्महत्या गरेकी थिईन् ।

घरायसी साथ संगतको कारण बिद्यालयमा बालिका माथि प्रिन्सीपलले निरन्तर यातना र तनाब दिएपछि ज्यान गुमाउन बाध्य पारिएको आरोप मृतक बालिकाका आफन्तजनको रहेको छ । प्रहरीले घटनाको बिषयमा अनुसन्धान सुरु गरेको बताएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार