मेरो माइक्रोफाइनान्स लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम

मेरो माइक्रोफाइनान्स लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम

मुसिकोट । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड रुकुम पश्चिमले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ११ मा रहेको मेरो रामपाक्षा महिला केन्द्र (केन्द्र नम्बर ४७) मा आवद्ध ४२ जना महिलालाइ वित्तीय साक्षरता प्रदान गरिएको हो ।

कार्यक्रममा महिला उद्यमशीलता, पैसाको बचत, लगानी, परिचालन , आयआर्जनका वैकल्पिक अवसरहरु तथा लघुवित्त वित्तीय संस्थाको महत्त्व, कर्जाको सही सदुपयोग कसरी गर्ने लगायतको बारे अभिमुखिकरण प्रदान गरिएको मेरो माइक्रोफाइनान्स लघु बित्तीय संस्था लिमिटेडका शाखा प्रबन्धक गोबिन्द थापाले जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा व्यक्तिगत सरसफाइ , घरायसी सरसफाइ , तथा बाताबरणीय सरसफाइ लाई बिशेष ध्यान दिने लगाएतका बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागि महिलाहरुले बित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा मेरो माइक्रोफाइनान्स लघु बित्तलाई धन्यवाद दिदै कार्यक्रमबाट समय सापेक्ष र ब्यवहारिक बित्त सम्बन्धि ज्ञान आफुहरुले सिकेको बताएका छन ।

कार्यक्रमको सजिकरण मेरो माइक्रोफाइनान्सका शाखा प्रबन्धक गोबिन्द थापा लगायतका कर्मचारीहरुले गरेका थिए ।

यस्तै मेरो माइक्रोफाइनान्स लघु बित्तीय संस्थाको सहजिकरणमा हरितालिका तिज को अबसरमा तिज बिशेष तथा दर खाने कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार