अनियमित विद्युत आपूर्तिले उपभोक्ता हैरान

अनियमित विद्युत आपूर्तिले उपभोक्ता हैरान

मुसिकोट । रुकुम पश्चिममा विद्युत सेवा अनियमित हुदा उपभोक्ता हैरान भएका छन् । पछिल्लो समय रुकुम पश्चिममा आपुर्ती हुने वत्ति अनियमित भैरहेको छ । आउने जाने वत्तिका कारण उपभोक्ता, उद्योगि र सरकारी कार्यालयहरुमा सेवा दिन समस्या भएको हो ।

“कति खेर वत्ति जान्छ टुङ्गो हुदैन । आउने जाने वत्तिका कारण हामि आजित भैसकेका छौ”, स्थानीय गणेश केसीले भन्नुभयो । “कहिले वत्ति आउने जाने हुन्छ त कहिले आउदै आउदैन”, उहाँले भन्नुभयो । वत्ति आउने जाने कुनै टुङ्गो हुदैन । वत्ति नभएकै कारण कति कामहरु गर्न निकै गाह्रो हुने गरेको ईलेक्ट्रोनिक व्यापारीहरुको गुनासो गर्नुभयो ।

“विद्युतबाट हुने काम कति धेरै छन् । ति काम गर्न निकै गाह्रो छ । ग्राहकहरु काम लिएर आएका हुन्छन् । वत्ति छैन भनेर पठाउनु पर्छ”, प्रेम खत्रीले भन्नुभयो । आउने जाने विजुलीका कारण सरकारी कार्यालयहरुलाई सेवा दिन समस्या भएको छ । जिल्ला अस्पताल सल्ले, जिल्ला प्रशासन कार्यालय लगायत ठाउँमा विद्युत नहुदा सेवा दिन मुस्किल भएको कार्यालयहरुको भनाई छ ।

रुकुम पश्चिम र पुर्वको लागि सल्यानको शीतलपाटीदेखि धैरेनीचौ र जाजरकोटको कुदु देखि धैरेनीचौर सम्म विद्युत आपुर्ती हुदै आएको छ । अहिले त रुकुम पूर्वमा रहेको रुकुमगाडको विद्युत पनि सवस्टेसनमै जोडिएको छ । ३३÷११ केभी र ३ एमभीए क्षमताको विद्युत् सबस्टेसन तयार भए पछि जिल्लामा विद्युत अनियमित हुने समस्या कम हुन्छ भन्ने आसमा रहेका उपभोक्ताहरु आउने जाने विद्युतका कारण हैरान भएका हुन् ।

धैरेनीचौरमा सवस्टेसन निर्माण नहुदै जिल्लामा यसअघि सल्यानको शीतलपाटीदेखि जिल्लामा ११ केभी क्षमताको विद्युत् प्रवाह भइरहेको थियो । अहिले भने ३३ केभी क्षमताको विद्युत् प्रवाह भएको भनिएको छ तर विद्युत आपुर्ती भने नियमित छैन । ३३ केभी प्रसारणलाई सबस्टेसनभित्र छिराएर ११ केभी प्रसारण लाइन उपभोक्तामा पठाइएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र शेरीगाउँले जनाएको छ ।

“यो वत्ति आउने र जाने भैरहने जिल्लाको समस्या होईन । जिल्लामा विद्युत लाईन विग्रिए र सवस्टेसनमा केहि समस्या आएमा हामिले तत्काल मर्मत गरेका छौ ।”, नेपाल विद्युत प्राधिकरणका शेरीगाउँका प्रमुख शिवजिप्रशाद शाहले भन्नुभयो । हापुरे सवस्टेसन र कुदु सवस्टेसनबाट नै बेला–बेलामा लाईन जाने गरेको उहाँको भनाई छ ।

जिल्लामा आउने समस्या समधान गर्दै आएका तर जिल्लामा विद्युत आपुर्ती हुने ठाउँबाट नै वत्ति नआएको प्राधिकरणको दावि छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार